इटहरी/ लोकप्रिय अभिनेता गौरभ पहारीले इन्गेजमेन्ट गरेका छन् । उनले आफ्नी प्रेमिका श्रेणी खतिवडासँग बुधबार इन्गेजमेन्ट गरेका हुन् । सिमित परिवारका सदस्यहरुका बिच यि २ को इन्गेजमेन्ट काठमाडौँको पाँचतारे होटेलमा गरिएको हो । नजिकका चलचित्रकर्मीहरु समेत उपस्थित भएको इन्गेजमेन्ट पश्चात अभिनेता सुनिल थापा, विल्सन विक्रम राई, निर्देशक उदय सुब्बाले सामाजिक संजालमा बधाई तथा शुभकामना दिएका थिए ।
यी कलाकारहरु गौरभ र श्रेणीको इन्गेजमेन्ट समारोहमा पुगेका थिए । यो जोडीको आउदो मंसिरमा विवाह हुने बताईएको छ भने ३ वर्षदेखि एकअर्काको प्रेममा थिए गौरभ र श्रेणी । इन्गेजमेन्टको खबर तथा तस्विर सार्वजनिक भएपछी गौरभ र साइली गीतको प्रसंगलाई जोडेर सामाजिक संजालमा रमाइलो समेत भैरहेको छ ।
४० कटेसी रमाउला भन्नेले नै ४० अगाडी इन्गेजमेन्ट गरेको भन्दै धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुको स्ट्याटस तथा कमेन्ट देख्न सकिन्छ । श्रेणी जुम्बा प्रशिक्षक हुन् भने गौरवले सन् २०१३ मा फिल्म ‘मञ्जरी’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । उनले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पन्जा २’ लगायतका दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् । दुबैलाई परिकला न्युज डटकमको तर्फबाट बधाई तथा शुभकामना ।
Discussion about this post