Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘ऐंचो पैंचो’ सफल हुनेमा ढुक्क कृषा: वर्षा भन्छिन् ‘मेरो क्यारेक्टर अर्थपूर्ण छ’, स्वस्तिमाको यस्तो आग्रह

✍ परिकला न्यूज
भदौ १०, २०८० मा प्रकाशित
‘ऐंचो पैंचो’ सफल हुनेमा ढुक्क कृषा: वर्षा भन्छिन् ‘मेरो क्यारेक्टर अर्थपूर्ण छ’, स्वस्तिमाको यस्तो आग्रह

कृषा चौलागाई निर्देशित फिल्म ‘ऐंचो पैंचो’ टिम सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । सिनेमाको प्रदर्शन मिति जति नजिकिँदै छ त्यति नै निर्माण पक्षले प्रचारलाई तिव्रता दिएको छ । टिकटकदेखि मिडिया अन्तर्वार्तासम्ममा यसका कलाकार र निर्देशकलाई भ्याइनभ्याइ छ । कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला तथा निर्देशक चौलागाईं यतिबेला मिडिया अन्तर्वार्तामा व्यस्त छन् । टेलिभिजन, रेडियो, अनलाइनदेखि युट्युब च्यानलमा अन्तर्वार्ता दिइरहेका छन् । कलाकार आफ्ना अन्य सबै काम छोडेर प्रचारमा जुटेका हुन् ।

बक्सअफिसमा सफल हुनेमा ढुक्क कृषा

निर्देशक कृषाका अनुसार ‘ऐंचो पैंचो’ पारिवारिक सामाजिक विषयमा केन्द्रित सिनेमा हो । यसमा समाजमा हुने राजनीति पनि छ । युवामा राजनीतिले पारेको प्रभाव र असर पनि छ । तर, सिनेमा राजनीतिमा मात्रै केन्द्रित नभएको उनले बताउँदै आएकी छन् । राजनीति सिनेमाको एउटा लेयर मात्रै भएको उनले स्पष्ट पारेकी छन् । समाजबाट राजनीति अलग हुन नसक्ने र चाहेर पनि कोही यसबाट भाग्न नसक्ने उनी बताउँछिन् । त्यही नै सिनेमामा समेटिएको कृषाको भनाइ छ ।

दर्शकसँग ‘ऐंचो पैंचो’ गर्न आफू अब अन्तिम चरणमा रहेको उनको भनाइ छ । आफ्नो टिमले दर्शकलाई राम्रो सिनेमा दिने र दर्शकबाट माया पाउने अपेक्षा गरेको उनले बताइन् । यही नै ‘ऐंचो पैंचो’ भएको उनी स्पष्ट पार्छिन् । गीत, टिजर, ट्रेलरबाट दर्शकले पाएको माया जस्तै हलमा सिनेमाले पनि माया पाउनेमा निर्माण टिम ढुक्क छ । सिनेमाको गीत ‘काले केटाले’ धेरै टिकटक बनाइएको गीत हो । यसका कारण पनि सिनेमा सफल हुनेमा निर्देशक कृषा ढुक्क छिन् ।

राजनीतिज्ञले हेर्नै पर्ने सिनेमा

नेकपा एकीकृत समाजबादीका नेता प्रेम आलले ‘ऐंचो पैंचो हेर्ने पर्ने सिनेमा भएको बताएका छन् । ‘ऐंचो पैंचो’ले राजनीतिक दलका नेताहरूलाई सच्चिन सन्देश दिने बताएका छन् । ‘पोलिटिकल इज अ डर्टी गेम’ भन्ने भनाइ रहेको अवस्थामा खराब बाटोमा रहेका राजनीतिकर्मीलाई पनि सच्चिन यो सिनेमाले सन्देश दिनमा आफू ढुक्क रहेको उनले बताएका छन् ।

उनले सबैलाई सिनेमा हेर्नका लागि अपिल पनि गरिसकेका छन् । यो सिनेमाबाट धेरै दर्शकले मनोरञ्जनसँगै ज्ञान पनि हाँसिल गर्न सक्ने भन्दै आफू परिवारसहति ‘ऐंचो पैंचो’ हेर्ने पनि उनले बताएका छन् । नेता आलेले पछिल्लो समय नेपालको राजनीतिक अस्थिरतालाई सिनेमाले उठाउन थालेको र यो राम्रो पक्ष भएको बताएका थिए । निर्माण पक्षले उनलाई ट्रेलर सार्वजनिक कार्यक्रममा बोलाएको थियो । यो पनि निर्माण पक्षको सिनेमा प्रचारको नयाँ रणनीति थियो ।

नेपालबाटै लगानी उठाउँछौँ

‘ऐंचो पैंचो’का निर्माता विशाल चौलागाईले विदेशका धेरै देशका लागि सिनेमाको राइट्स बिक्री भइसकेको भन्दै उनले नेपालबाटै लगानी सुरक्षित गर्ने बताए । उनले भने, ‘यो पटक हामी नेपालबाहेक बाहिरबाट कसरी लगानी उठाउने भन्नेभन्दा पनि नेपालका थिएरटबाट कसरी टिकट बिक्री गरेर लगानी सुरक्षित गर्ने भन्नेमा केन्द्रित भएका छौँ ।’

जति धेरै दर्शकले सिनेमा हेर्छन् त्यति नै लगानी सुरक्षित हुने भएकाले यसमा अहिले आफ्नो ध्यान केन्द्रित भएको उनको भनाइ छ । उनले राजीतिक दलका नेतासँग सिनेमाको कुनै सब्मन्ध नरहेको भन्दै समाजको कथासँगै केही राजनीतिक विषय पनि समावेश भएको बताएका छन् । उनले नेकपा एमाले सचिव योगेश भट्टराईलाई पनि सिनेमाको गीत सार्वजनिक कार्यक्रममा बोलाएका थिए । उनीहरु दुवै साथी र सुवेक्षुकको नाताले आएको विशालको भनाइ थियो ।

नेताहरूलाई स्वस्तिमाको आग्रह

स्वस्तिमाले राजनीतिमा आवद्ध व्यक्तिहरूलाई पनि सिनेमा हेर्न आग्रह गरेकी छन् । सिनेमाको प्रिमियर तथा कार्यक्रमहरूमा नेताहरूलाई आफूले देख्ने गरेको भन्दै उनले हलमा गएर पनि सिनेमा हेर्न आग्रह गरेकी हुन् । सिनेमा समाजको रिफरलेक्सन पनि भएको भन्दै उनले भनेकी छन्, ‘कतिपय सन्दर्भमा उहाँहरूले समाजमा नदेख्नु भएको कुरा हामीले हाम्रो क्यामेराबाट देखाइरहेको हुन सक्छौँ ।

त्यसैले ऐंचो पैंचो हेर्न म उहाँहरुलाई आग्रह गर्छु ।’ अनावश्यक गसिप र कन्ट्रोभर्सी गरेर आफू सिनेमा चलाउने पक्षमा नरहेको भन्दै उनले ‘ऐंचो पैंचो’ राम्रो बनेको बताएकी छन् । ‘ऐंचो पैंचो’बाट अफर आएपछि आफूले सुरुमा निर्देशकसँग विचार र भिजन मिल्छ कि मिल्दैन भनेर केही दिन वर्कसपमा बसेपछि मात्रै सिनेमा साइन गरेको स्वस्तिमाले जानकारी दिएकी छन् ।

वर्षा भन्छिन्- मेरो क्यारेक्टर अर्थपूर्ण छ

अन्य सिनेमामा भन्दा आफूले ‘ऐंचो पैंचो’मा राम्रो काम गरेको प्रतिक्रिया निर्माण पक्षबाट पाएको नायिका वर्षा राउतले बताएकी छन् । आफ्नो चरित्र सिनेमामा छोटो भए पनि पावरफुल भएको उनको भनाइ छ । त्यसैले आफूले यो सिनेमामा काम गरेको उनको भनाइ छ । आफ्ना धेरैजसो चलचित्र छोटो र अर्थपूर्ण क्यारेक्टर हुने गरेको उनी बताउँछिन् । सिनेमा टिमवर्क भएको भन्दै सबैले राम्रो काम गरे मात्रै चलचित्र समग्रमा राम्रो हुने वर्षा बताउँछिन् । ‘ऐंचो पैंचो’मा सबै कलाकारको उत्तिकै इफोर्ट रहेकाले राम्रो सिनेमा बनेको उनको दाबी छ ।

अभिनेता मुकन भुसालले आफूलाई स्क्रिप्ट राम्रो लागेकाले काम गरेको बताएका छन् । ‘बुलबुल’ पनि स्क्रिप्ट मन परेरै काम गरेको भन्दै उनले भने, ‘बुलबुलमा पनि स्वस्तिमा जी लिड रोलमा हुनुहुन्थ्यो । त्यो सिनेमाबाटै म आएको हुँ । मैले धेरै सिनेमा त गरेको छैन । तर स्क्रिप्ट राम्रो भयो भने काम गर्छु । कुन रोलमा को छ भन्दा पनि समग्रमा सिनेमा राम्रो हुनुपर्छ । त्यो भयो भने सबैलाई राम्रो हुन्छ ।’

सहयोगी भएर काम गर्नु पर्नेमा उनको जोड छ । नेपाली कलाकारमा इगो प्रोब्लम खासै छैन । बजार विस्तारका लागि अझै एकआपसमा मिलेर काम गर्नुपर्नेमा उनको जोड छ । भदौ १४ गतेबाट प्रदर्शन हुने सिनेमा सेन्सर पास पनि भइसकेको छ । सिनेमालाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । सबै उमेर समूहका दर्शकले सिनेमा हेर्न पाउने छन् । सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । सिनेमाको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।

सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माता रहेका छन् ।

अगाडिकाे पाेस्ट

मेरो डान्स र मेरो भ्वाइस युनिभर्सको भोटिङबाट उठेको पैसा हेल्थपोस्टमा लगानी: दिलिप रायमाझी

अर्काे पाेस्ट

दोश्रो पटक पनि एअरपोर्टबाट फर्किएका थिए किरण गजमेर, यस्तो छ एम्बुलेन्स ढिला दिनुको कारण

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana