Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इलामलाई ‘नेचुरल फिल्म स्टुडियो’ बनाउने खाकासहित सन्दकपुर महोत्सव सम्पन्न

✍ परिकला न्यूज
चैत्र २५, २०८२ मा प्रकाशित
इलामलाई ‘नेचुरल फिल्म स्टुडियो’ बनाउने खाकासहित सन्दकपुर महोत्सव सम्पन्न

इटहरी/ चिया बगान र मनमोहक प्रकृतिका लागि प्रख्यात इलाम अब ‘फिल्म पर्यटन’ को नयाँ गन्तव्य बन्ने बाटोमा अग्रसर भएको छ । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण र फिल्म पर्यटनलाई एकैसाथ जोड्ने दूरगामी सङ्कल्प गर्दै इलामको सन्दकपुर-४, कालपोखरीमा आयोजित ‘तेस्रो रेड पाण्डा महोत्सव २०२६’ सफलताका साथ सम्पन्न भएको छ । चैत २० गते कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीबाट उद्घाटन भई चैत २३ गते समापन भएको यस महोत्सवले नेपाल र भारतबीचको ‘क्रस-बोर्डर पर्यटन’ प्रवर्द्धनमा नयाँ इँटा थपेको छ ।

यस वर्षको महोत्सवमा पर्यटन र फिल्म क्षेत्रको अन्तर्सम्बन्धबारे गरिएको प्यानल छलफल विशेष आकर्षण बन्यो । पत्रकारद्वय सुजन तिम्सिना र विप्लव भट्टराईद्वारा सञ्चालित उक्त अन्तरक्रियामा फिल्मकर्मी र सरोकारवालाहरूले इलामको सम्भावनाबारे गहन मन्थन गरेका थिए ।

चलचित्र विकास बोर्डका सदस्य केवल तामाङले इलाम र सन्दकपुरको कला, भाषा, र संस्कृतिको संरक्षण गर्दै यस क्षेत्रलाई ‘नेचुरल फिल्म स्टुडियो’को रूपमा विकास गर्नुपर्ने बलियो धारणा राखे । सिक्किम चलचित्र बोर्डका प्रतिनिधि पविरत्न शाक्य, कल्चर विङका सचिव किरण लेप्चा र नायिका श्यामाश्री शेर्पालगायतको टोलीले महोत्सवमा सहभागिता जनाएको थियो । नायिका शेर्पाले सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को भिजनअनुसार त्यहाँ भइरहेको पर्यटन र फिल्मको विकासको दृष्टान्त दिँदै दुई देशका फिल्मकर्मीबीच सहकार्य अपरिहार्य रहेको बताईन् ।

पविरत्न शाक्यले नेपाल र सिक्किमबीच सहकार्य गरी फिल्म निर्माण र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन सिक्किम सदैव तयार रहेको प्रष्ट पारे । सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले छायाङ्कनका लागि आउने जो-कोहीलाई स्थानीय सरकारले पूर्ण रूपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । फिल्म पर्यटनसँगै महोत्सवको मूल मर्म रेड पाण्डाको संरक्षण र पर्यापर्यटन प्रवर्द्धन गर्नु नै थियो । महोत्सवले पर्यटकहरूलाई यस क्षेत्रको समृद्ध जैविक विविधतासँग नजिक गराउने लक्ष्य राखेको छ ।

सन्दकपुरको माबु दोवाटे, जौवारी, हाागेथाम, जमुनाको चोयाटार, टप्पु तथा माईजोगमाई र जोगमाईका सामुदायिक वनहरू रेड पाण्डाका लागि प्रख्यात छन् । माईपोखरीदेखि ढापपोखरी हुँदै जौबारीसम्म जोडिएको यो पदमार्ग पर्यटकका लागि मुख्य आकर्षण हो । यहाँ पदयात्रा गर्दा दुर्लभ रेड पाण्डा, मुनाललगायतका सयौँ प्रजातिका चराचुरुङ्गीहरूको अध्ययन र अवलोकन गर्न सकिन्छ । केचना-कञ्चनजङ्घा पर्यटन विकास समितिका पूर्व कार्यकारी निर्देशक केशव धौरालीका अनुसार यस्ता कार्यक्रमले समग्र पर्यटन क्षेत्रमै महत्त्वपूर्ण योगदान पुर्‍याउँछन् ।

यस पटकको महोत्सवमा भारतको बङ्गाल, आसाम, दार्जिलिङ, मेघालय र दिल्लीलगायतका स्थानबाट पर्यटन अभियन्ताहरूको बाक्लो उपस्थिति हुनुले ‘क्रस-बोर्डर पर्यटन’ को लक्ष्य साकार हुँदै गएको पुष्टि गर्छ । वि.सं. २०८० र २०८१ मा दुई संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको यस महोत्सवलाई यस वर्ष नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश पर्यटन कार्यालय झापा, केचना-कञ्चनजङ्घा पर्यटन विकास समिति र रेड पाण्डा नेटवर्कलगायतका संस्थाहरूले प्रवर्द्धन गरेका थिए । तेस्रो संस्करणको समापनसँगै सन्दकपुरले प्रकृतिको संरक्षण गर्दै इलामलाई फिल्म र पर्यटनको उत्कृष्ट सङ्गम बनाउने स्पष्ट सन्देश दिएको छ ।

अगाडिकाे पाेस्ट

अंशबण्डा विवाद चर्कियो: उषा खड्गीको उजुरीपछि पूर्वपति जीपी पक्राउ

अर्काे पाेस्ट

९औं निफमा उत्कृष्ट फिल्म बन्यो ‘राजागंज’ र ‘गुन्यू चोलो’, नाजिर र सुरक्षा उत्कृष्ट कलाकार

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana