Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

९औं निफमा उत्कृष्ट फिल्म बन्यो ‘राजागंज’ र ‘गुन्यू चोलो’, नाजिर र सुरक्षा उत्कृष्ट कलाकार

✍ परिकला न्यूज
चैत्र २५, २०८२ मा प्रकाशित
९औं निफमा उत्कृष्ट फिल्म बन्यो ‘राजागंज’ र ‘गुन्यू चोलो’, नाजिर र सुरक्षा उत्कृष्ट कलाकार

इटहरी/ नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सोमबार राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजित समापन समारोहमा दीपक रौनियार निर्देशित ‘राजागंज : पूजा सर’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म र समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो : द ड्रेस’ ले सर्वोत्कृष्ट राष्ट्रिय फिल्मको उपाधि जितेका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ‘राजागंज : पूजा सर’ लाई ट्रफीसहित १ हजार ५ सय अमेरिकी डलर र ‘गुन्यू चोलो’लाई ट्रफीसहित १ हजार अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको छ ।

राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट निर्देशकको अवार्ड ‘गुन्यू चोलो’बाट समुन्द्र भट्टले हात पारिन् भने सोही फिल्मबाट नाजिर हुसेन सर्वोत्कृष्ट नायक घोषित भए । यसैगरी, फिल्म ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट नायिका र बाबु श्रेष्ठले सर्वोत्कृष्ट छायाँकारको अवार्ड जित्न सफल भए । फिल्म ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचनले सर्वोत्कृष्ट पटकथाकारको अवार्ड उचालेका छन् । राष्ट्रियतर्फको सर्वोत्कृष्ट डकुमेन्ट्रीको अवार्ड दीपक छोदेन लामा निर्देशित ‘होम इज नट अ प्लेस’ र सर्वोत्कृष्ट सर्ट फिल्मको अवार्ड सुरज पौडेल निर्देशित ‘रिहाना’ ले जितेका छन् ।

यी दुवैले ट्रफीसहित जनही ५० हजार रुपैयाँ प्राप्त गरे । दक्षिण एसियाली प्रतिस्पर्धाअन्तर्गत नेपाली भाषाको भारतीय फिल्म ‘जार’ सर्वोत्कृष्ट घोषित भयो । फुर्वा क्षिरिङ लामा निर्देशित यस फिल्मले ५ सय डलर प्राप्त गरेको छ ।

अन्य प्रमुख अन्तर्राष्ट्रिय विजेताहरू यसप्रकार छन्:
– सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री: ग्राउन्ड बिनिथ आवर फिट (आइसल्यान्ड, निर्देशक: इर्सा रोका फ्यानबर्ग) – १ हजार डलर र ट्रफी
– सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्म: सिप (इरान, निर्देशक: हादी बाबेइफर) – ५ सय डलर र ट्रफी
– सर्वोत्कृष्ट एआई थिम्ड सर्ट फिल्म: स्पिरिट अफ द माउन्टेन (चीन, निर्देशक: पाङ जिया) – ५ सय डलर र ट्रफी
– सर्वोत्कृष्ट विद्यार्थी चलचित्र: पासारिन्हो (मेक्सिको) – ५ सय डलर र ट्रफी
– डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र: माई डटर्ज हेयर (इरान, निर्देशक: हेसाम फराहमान्द) – प्रमाणपत्र

यस्तै, चिनियाँ फिल्म ‘द शोर अफ लाइफ’ले ‘स्पेशल जुरी मेन्सन’ अवार्ड प्राप्त गर्‍यो । ङिमा गेलु शेर्पा निर्देशित राष्ट्रिय डकुमेन्ट्री ‘एज डे गोज बाइ’ र सुर्या बालाकृष्ण निर्देशित भारतीय सर्ट फिल्म ‘हाउसकिप्पर’लाई ‘स्पेशल मेन्सन’ को प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुलपति हार्तम्छालीले निफ जस्ता महोत्सवले नेपाली फिल्मलाई विदेशी फिल्म उद्योगसँग जोड्न र सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण काम गरेको बताए । चैत १९ गतेबाट सुरु भएको यस महोत्सवलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण फिल्मकर्मी, दर्शक र प्रायोजकहरूलाई धन्यवाद दिँदै निफका अध्यक्ष केपी पाठकले नवौं संस्करणको औपचारिक समापन गरेका थिए ।

अगाडिकाे पाेस्ट

इलामलाई ‘नेचुरल फिल्म स्टुडियो’ बनाउने खाकासहित सन्दकपुर महोत्सव सम्पन्न

अर्काे पाेस्ट

दलित समुदायसँग माफी माग्दै मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘जातीय एकता नै राष्ट्रियता हो’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का
कलिउड न्युज

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित
दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

चैत्र २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana