Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अंशबण्डा विवाद चर्कियो: उषा खड्गीको उजुरीपछि पूर्वपति जीपी पक्राउ

✍ परिकला न्यूज
चैत्र २५, २०८२ मा प्रकाशित
अंशबण्डा विवाद चर्कियो: उषा खड्गीको उजुरीपछि पूर्वपति जीपी पक्राउ

इटहरी/ सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षा र न्यायको अपिल गरेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी अन्ततः कानुनी उपचारमा पुगेकी छन् । उनले दिएको जाहेरीका आधारमा प्रहरीले सञ्चारकर्मी तथा उनका पूर्वपति जीपी तिमल्सिनालाई मंगलबार पक्राउ गरेको छ । उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा आफूमाथि अभद्र व्यवहार भएको, धम्की दिइएको र कुटपिटको प्रयास समेत भएको भन्दै जाहेरी दर्ता गराएकी थिइन् ।

उजुरी परेलगत्तै प्रहरीले सोमबार नै दुवै पक्षलाई बोलाएर विवाद समाधानका लागि छलफल गराएको थियो । यद्यपि, छलफलमा कुरा नमिलेपछि कानुनी प्रक्रिया अघि बढाउन तिमल्सिनालाई मंगलबार नियन्त्रणमा लिइएको हो । कानुनी कदम चाल्नुअघि गत चैत १७ गते उषाले फेसबुकमा श्रृंखलाबद्ध स्टाटस लेख्दै नयाँ सरकारसँग न्याय मागेकी थिइन् । आफ्नो जीवनमा निरन्तर हस्तक्षेप भइरहेको र अंशवण्डाको विषय नटुंगिएको भन्दै उनले आफूलाई शान्ति सुरक्षा चाहिएको बताएकी थिइन् ।

सोही समयमा उनले प्रहरी र प्रशासनमा जाने स्पष्ट संकेत गरेकी थिइन् । उषा र जीपीबीच २०७९ साल जेठ २६ गते काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको थियो । कानुनबमोजिम अंशवण्डाको टुंगो नलाग्दै, सम्बन्धविच्छेद भएको करिब ६ महिनापछि अर्थात् २०७९ मंसिर १९ गते जीपीले प्रेमिका सविना अधिकारीसँग दोस्रो विवाह गरेका थिए । लामो समयदेखि चल्दै आएको अंशवण्डाको विवाद र व्यक्तिगत जीवनको टकराव नै बढ्दै गएर अन्ततः यो प्रकरण प्रहरी खोरसम्म पुगेको हो ।

अगाडिकाे पाेस्ट

परिवारले नै चिनेनन् टिकटक स्टार आयुषको बोली, ‘राम नाम सत्य’मा कस्तो छ उनको भूमिका ?

अर्काे पाेस्ट

इलामलाई ‘नेचुरल फिल्म स्टुडियो’ बनाउने खाकासहित सन्दकपुर महोत्सव सम्पन्न

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का
कलिउड न्युज

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित
दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

चैत्र २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana