Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बलेसँग निर्देशक गिरीको भेट: बले भन्छन्, ‘१७ वर्षको मेहनत १७ सेकेन्डमै गयो’

✍ सुवास संकल्प
चैत्र २३, २०८२ मा प्रकाशित
बलेसँग निर्देशक गिरीको भेट: बले भन्छन्, ‘१७ वर्षको मेहनत १७ सेकेन्डमै गयो’

इटहरी/ सामाजिक सञ्जालको एउटा स्ट्याटसले एउटा कलाकारको दशकौँ लामो प्रतिष्ठा कसरी क्षणभरमै धरापमा पार्न सक्छ भन्ने पछिल्लो उदाहरण बनेका छन्, चर्चित अभिनेता सागर लम्साल ‘बले’। अमेरिकामा बस्ने एक युवतीले फेसबुकमा बलात्कारको आरोप लगाएको तीन दिन बितिसक्दा पनि प्रहरीमा कुनै औपचारिक जाहेरी परेको छैन । तर, जाहेरी विनै आइतबार पक्राउ परेपछि सागर यतिबेला हिरासतमा छन् भने उनी अभिनित नयाँ फिल्मको भविष्य पनि चरम अन्योलमा परेको छ । अर्को छायांकनरत फिल्म ‘पाँच पाण्डव’ बाट त औपचारिक निष्कासित नै भए ।

विना जाहेरी थुनामा पुगेका सागरलाई भेट्न आज निर्देशक राजु गिरी कारागार पुगेका थिए । भेटका क्रममा आफ्नो अवस्था र बिग्रिएको छविलाई सम्झेर सागर भक्कानिएर रोएको गिरीले बताए । सागरको भनाइ उद्धृत गर्दै निर्देशक गिरीले भने, “१७ वर्षको मेहनत आज १७ सेकेन्डमै गयो भन्दै सागरको आँखाबाट आँसु झर्‍यो । उसको त्यो हालत देखेर मेरो पनि आँसु थामिएन । मैले ‘सत्यको जित हुन्छ’ भनेर सम्झाएर आएको छु ।”

एक वर्ष अघिको घटनालाई लिएर विना जाहेरी प्रहरीले देखाएको हतारो र एकतर्फी कानुनी अभ्यासप्रति निर्देशक गिरीले गम्भीर प्रश्न उठाएका छन् । कानुन महिलामुखी मात्र भएको भन्दै उनले आक्रोश पोखे । “पुरुषलाई मात्र बलात्कारको मुद्दा लाग्ने, महिलाले जे भने पनि हुने ? आरोप लगाउने चेली पनि हाम्रै चेली हुन्, तर एक वर्षसम्म उनी के हेरेर बसिन् ?” परिकला न्यूजसँगको कुराकानीमा गिरीले प्रश्न गरे, “विना जाहेरी पक्राउ गर्ने सरकारको यो कस्तो नियम हो, मैले बुझिनँ । मेरो प्रस्ट भनाइ छ- दोषीलाई कडा सजाय होस्, तर निर्दोषलाई फसाउने काम नहोस् ।”

यस अनपेक्षित घटनाले सागर प्रमुख भूमिकामा रहेको नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को प्रदर्शन पनि संकटमा परेको छ । राजु गिरीकै निर्देशन रहेको यो फिल्म यही चैत २७ गते सार्वजनिक प्रदर्शनमा ल्याउने प्रारम्भिक तयारी थियो । निर्देशक गिरीका अनुसार, सागरमाथि आरोप लाग्नु र उनी पक्राउ पर्नुभन्दा अघि नै फिल्मको रिलिज स्थगित गरिएको थियो । पर्याप्त प्रचारप्रसारको अभाव र एउटा गीतको छायांकन बाँकी रहेकाले प्रदर्शन सारिएको थियो । तर, अहिले मुख्य अभिनेता नै कानुनी झमेलामा फसेपछि अब यो फिल्मलाई कहिले र कसरी रिलिज गर्ने भन्ने विषयमा आफू पूर्ण रूपमा अन्योलमा परेको निर्देशक गिरीले बताएका छन् ।

अगाडिकाे पाेस्ट

नेपाली फिल्म क्षेत्रमा आयो ‘तरङ्ग’: अलौकिक प्रेमकथा

अर्काे पाेस्ट

आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’
कलिउड न्युज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana