इटहरी/ चुनावपछिको पहिलो फिल्मका रूपमा पर्दामा आउन लागेको फिल्म ‘लालिमा’को अग्रिम टिकट बुकिङ बिहीबारबाट देशभर खुला भएको छ । यही शुक्रबार अर्थात् फागुन २९ गतेदेखि देशभरका फिल्म हलहरूमा प्रदर्शनमा आउन लागेको यस फिल्मले दर्शकको राम्रो साथ पाउने अपेक्षासहित पहिलो दिनका लागि देशभरबाट ६० भन्दा बढी शो प्राप्त गरेको छ ।
समाजको एउटा लुकेको पाटोलाई पर्दामा उतारेको यस फिल्मले वास्तविक यौनकर्मीहरूको जीवन, उनीहरूले भोग्नुपरेका दैनिक समस्या, पीडा र मानसिक अवस्थालाई गहिरो ढंगले प्रस्तुत गरेको छ । फिल्ममा नायिका रोश्नी कार्कीले ‘लालिमा’ अर्थात् शीर्ष भूमिका निर्वाह गरेकी छन् । उनीसँगै नायक जीवन भट्टराई, नायिका उषा रजक र भेट्रान कलाकार शिशिर वाङ्देल मुख्य भूमिकामा देखिनेछन् ।

@parikalanewsofficial
यसका साथै फिल्ममा सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेललगायतका कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ । फेथ आस्थाको प्रस्तुति रहेको यस फिल्ममा रीना लामा कार्यकारी निर्माताको रुपमा रहेकी छन् । त्यस्तै, फिल्मलाई दर्शकमाझ पुर्याउन देशभर वितरणको जिम्मा भने नेसनल सिने ग्रुप नेपालले लिएको छ । लामो समयपछि हलमा नयाँ फिल्म आउन लागेकाले पनि दर्शक र हल सञ्चालकहरू ‘लालिमा’लाई लिएर उत्साहित देखिएका छन् ।

















Discussion about this post