Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

✍ परिकला न्यूज
फाल्गुन २६, २०८२ मा प्रकाशित
३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

इटहरी/ नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा पुनः निर्देशनमा फर्किएकी छन् । झण्डै ८ वर्षको अन्तरालपछि निर्देशनमा कमब्याक गरेकी रेखाको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सोमबारबाट काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट औपचारिक रूपमा सुरु भएको छ । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल फिल्मको अनुभव सँगालिसकेकी रेखा यसपटक यो फिल्ममा कलाकारको रुपमा भने देखिने छैनन् ।

उनी सम्पूर्ण रूपमा क्यामेरा पछाडि बसेर फिल्मको कमान्ड सम्हाल्दै छिन् । सधैं आफ्नै होम प्रोडक्सन ‘रेखा फिल्मस्’ बाट फिल्म निर्माण गर्दै आएकी रेखाले यसपटक भने ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा बाहिरी प्रोजेक्टको निर्देशन गर्दैछिन् । हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठले निर्माण गर्न लागेको यस फिल्मको कथा ध्रुव लम्सालले लेखेका हुन् । रोचक कुरा के छ भने, लेखक लम्साल पनि करिब एक दशकपछि फिल्म लेखनमा फर्किएका हुन् । यस फिल्मलाई स्टार-स्टडेड अर्थात् मल्टी-स्टारर भन्दा फरक पर्दैन ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र लामो समयपछि पर्दामा फर्किएका अभिनेता दिल श्रेष्ठ मुख्य भूमिकामा छन् । यसका साथै, ३ जना पूर्व मिस नेपाल र ब्युटी क्विनहरू-सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह (पूर्व मिस नेपाल इन्टरनेसनल) को एकसाथ उपस्थिति फिल्मको प्रमुख आकर्षण बनेको छ । यसबाहेक फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ, बिनोद पौडेल लगायतका कलाकारहरूको सशक्त अभिनय रहनेछ । गत फाल्गुन ३ गते महाशिवरात्रीमा घोषणा हुँदा सार्वजनिक गरिएका दुई पोस्टरले फिल्मको विषयवस्तुलाई प्रस्ट्याएको थियो ।

@parikalanewsofficial

एउटा पोस्टरमा रातो पहिरनमा सजिएका तीन अभिनेत्रीका साथमा दिल श्रेष्ठ देखिएका छन् । जहाँ नम्रता र दिलको सामिप्यता झल्किन्छ भने सृष्टि र नीतिको अनुहारमा गम्भीर भाव देखिन्छ । यस्तै अर्को पोस्टरमा ह्विलचेयरमा रहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठलाई देखाइएको छ, जसले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको मर्मस्पर्शी कथा बोल्ने सङ्केत गर्छ । प्रेमको वास्तविक परिभाषा खोज्ने यो फिल्मले सुमधुर प्रेमकथासँगै सामाजिक भावनालाई पनि उधिन्नेछ ।

प्रोडक्सन हेड सीएम भारद्वाज सुवेदीका अनुसार, चुनाव र पछिल्लो परिस्थितिले गर्दा फागुन दोस्रो साताको तालिका केही दिन धकेलिएर सुटिङ सुरु भएको हो । अब करिब एक महिनासम्म काठमाडौं आसपासका रमणीय स्थानहरूमा यसको छायांकन चल्नेछ । फिल्मलाई सुदिप बरालले छायांकन गर्नेछन् भने प्रमुख सहायक निर्देशकको रुपमा अनिरुद्ध आत्रेय रहेका छन् । यो फिल्मको गीतमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । निर्माण टोलीले यो पारिवारिक तथा प्रेमकथामा आधारित फिल्मलाई आगामी वर्षको तीजको अवसर पारेर देशभरका हलहरूमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

अगाडिकाे पाेस्ट

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

अर्काे पाेस्ट

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’
कलिउड न्युज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana