Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

✍ परिकला न्यूज
फाल्गुन २५, २०८२ मा प्रकाशित
निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

इटहरी/ समाजको एउटा कुनामा गुम्सिएका सपना र तीन पुस्ताका महिलाहरूको भावनात्मक उकुसमुकुसलाई पर्दामा उतार्न तयार फिल्म ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको विशेष सन्दर्भ पारेर निर्माण पक्षले फिल्मको मर्म बोल्ने ‘फर्स्टलुक पोस्टर’ सार्वजनिक गर्दै आगामी जेठ १ गतेलाई रिलिज डेट तोकेको हो ।

सहारा शर्माको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले द्रुत गतिमा परिवर्तन भइरहेको नेपाली समाज र त्यसभित्र परिवारका सदस्यहरूबीचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षाको द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गर्नेछ । फिल्ममा वर्तमान पुस्ताकी चर्चित अभिनेत्री आँचल शर्मा र करिब तीन दशकपछि अभिनयमा फर्किएकी वरिष्ठ रंगकर्मी निशा शर्माको मुख्य अभिनय रहेको छ ।

यसले नेपाली फिल्मको दुई फरक कालखण्डलाई एउटै पर्दामा जोड्ने काम गरेको छ । प्रदर्शन हुनुअघि नै यो फिल्मले ‘युरोपियन पोस्ट-प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड’ प्राप्त गरेर नेपाली फिल्मको इतिहासमा एउटा इँटा थपिसकेको छ । भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन, भारतकी दीपा भाटियाको सम्पादन र थाइल्यान्डमा गरिएको कलर ग्रेडिङले फिल्मलाई प्राविधिक रूपमा निकै मजबुत बनाएको छ । फिल्मको मुख्य भूमिकामा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली लगायतको अभिनय रहेको छ ।

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा अभिमन्यु दीक्षित रहेका छ भने निकुन श्रेष्ठ कार्यकारी निर्माता हुन् । यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ । फिल्ममा अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी लगायतका कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ । जर्मनका सारा फाजिलात सहित सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि निर्माण टोलीमा आबद्ध छन् ।

अगाडिकाे पाेस्ट

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

अर्काे पाेस्ट

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’
कलिउड न्युज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana