Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

✍ परिकला न्यूज
फाल्गुन २५, २०८२ मा प्रकाशित
चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

इटहरी/ काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगे पनि अभिनेत्री निशा अधिकारी पुनः आफ्नो पुरानै लय अर्थात् अभिनयमै फर्किएकी छन् । चुनावी दौडधुप र व्यस्तता सकिएलगत्तै उनी आफ्नो डेब्यु फिल्मका नायक निखिल उप्रेतीसँग नयाँ फिल्म ‘कस्तुरी’को छायांकनमा जोडिएकी हुन् । विगत एक महिनादेखि काठमाडौँ र यस आसपासका क्षेत्रमा धमाधम सुटिङ भइरहेको यस फिल्मको निर्माण टिमलाई निशाले विशेष धन्यवाद दिएकी छन् ।

निर्वाचनको दौडानमा आफू व्यस्त रहँदा सुटिङ नै रोकेर पर्खिदिएको भन्दै उनले कृतज्ञता प्रकट गरेकी हुन् । लामो समयपछि अभिनेता निखिलसँग स्क्रिन सेयर गर्न पाउँदा आफू निकै उत्साहित रहेको निशाले बताएकी छन् । निशा अधिकारीको ‘कमब्याक’ रहेको यस फिल्ममा नेपाली फिल्म क्षेत्रका चर्चित एक्सन स्टार निखिल उप्रेती र लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी पहिलोपटक एकसाथ पर्दामा देखिँदैछन् । दर्शकहरूले यो फ्रेस जोडीलाई लिएर निकै चासो देखाएका छन् ।

फिल्मका निर्देशक रीत बोहोराको निर्देशन रहनेछ । उनका अनुसार, ‘कस्तुरी’ केवल परम्परागत मनोरञ्जनमा मात्र सीमित नभई रहस्य, सस्पेन्स र अपराधका गहिरो तहहरूलाई उजागर गर्ने पृथक कथावस्तुमा निर्माण भइरहेको छ । निखिल, वर्षा र निशाको साथमा यस फिल्ममा अनुभवी र नयाँ कलाकारहरूको बाक्लो उपस्थिति रहनेछ । मुख्य कलाकारहरूमा शेखर चापागाईं, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतम रहनेछन् ।

@parikalanewsofficial

यस्तै विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटी रहनेछन् । टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको यस सस्पेन्स–थ्रिलर फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह–निर्माताको जिम्मेवारी अञ्जली चौधरीले सम्हालेकी छन् । निर्देशक बोहोराकै कथा रहेको ‘कस्तुरी’लाई आलोक शुक्लाले क्यामेरामा कैद गरिरहेका छन् । फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, ललित बिष्टको प्रमुख सह–निर्देशन र दिलीप पन्तको निर्माण व्यवस्थापन रहेको छ ।

अगाडिकाे पाेस्ट

नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

अर्काे पाेस्ट

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’
कलिउड न्युज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana