Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

✍ परिकला न्यूज
फाल्गुन ४, २०८२ मा प्रकाशित
मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

इटहरी/ शारीरिक अपूर्णतालाई आत्मविश्वास र अठोटले जित्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हुन्- रोशनी खड्का । सन् २०२५ को मिस नेपाल अडिसनमा भोगेको तितो अनुभव र त्यसपछि पाएको अपार जनसमर्थनबाट एकाएक चर्चामा आएकी उनै निडर रोशनी अब ठूलो पर्दामा डेब्यु गर्दैछिन् । नयाँ वर्षको छेको पारेर आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ मार्फत उनले आफ्नो अभिनय यात्रा थालेकी हुन् ।

महाशिवरात्रीको अवसर पारेर आइतबार निर्माण पक्षले यो फिल्मको ‘सेकेन्ड लुक’ पोस्टर सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक गरिएको ‘फर्स्टलुक’मा प्रमुख अभिनेता सागर लम्साललाई मात्र प्रस्तुत गरिएको थियो भने यो दोस्रो पोस्टरमा सागरको साथमा अभिनेत्री रोशनीलाई पनि फिचर गरिएको हो । मोडलिङबाट करिअर सुरु गरेकी रोशनी जन्मजात एउटा हत्केलाविहीन छिन् ।

मिस नेपाल २०२५ को अडिसनमा जाँदा निर्णायक रचना गुरुङले उनको औपचारिक परिचय नै नसोधी सुरुमै हातको बारेमा प्रश्न गरेकी थिइन् । उक्त घटनाको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि हजारौं दर्शकले रोशनीलाई निरुत्साहित गरेको भन्दै निर्णायकको कडा आलोचना गरेका थिए । तर, यी सबै घटनाक्रमलाई शक्तिमा बदलेर अघि बढेकी सुन्दरी तथा प्रतिभावान रोशनी आफ्नो अथक परिश्रम र लगावका साथ अभिनयमा जम्न तयार छिन् ।

@parikalanewsofficial

उनी आफ्नो यो पहिलो फिल्मप्रति निकै आशावादी रहेको बताउँछिन् । राजु गिरीले निर्देशन गरेको फिल्ममा उमेशकुमार बस्नेतको कथा रहेको छ भने पटकथा तथा संवाद लक्ष्मण सुवेदीको रहेको छ । फिल्मको मुख्य कलाकारहरुमा सागर लम्साल, रोशनी खड्का, रमेश बुढाथोकी, रवीन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पहाडी, कैलाश रावल, रवि गिरी, ध्रुव कोइराला, सावित्री चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसीन भट्टराई, सुष्मा केसी, रामहरी खड्का, राजु गिरी र सुचेन्द्र परियार रहेका छन् ।

यस्तै बालकलाकारमा काजोल, कंगना गिरी र रोनीश खड्का रहेका छन् । कार्यविनायक फिल्म्स र उषा फिल्म्सको प्रस्तुति रहेको यस फिल्मका निर्माताहरूमा सावित्रा चिलुवाल, आषिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी रहेका छन् । छायांकन श्याम तामाङ, संगीत अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापा, कोरियोग्राफी केशवराज भट्ट, सम्पादन गौतमराज खड्काले गरेको हो भने नेशनल सिने ग्रुप नेपालले यसलाई वितरण गर्दैछ ।

अगाडिकाे पाेस्ट

विजय र वर्षाको आत्मीय पोस्टर सहित ‘मालती मंगले’को प्रदर्शन मिति सार्वजनिक

अर्काे पाेस्ट

दुर्गमको व्यथामा फिल्म ‘जिरो डिग्री’को तिखो व्यङ्ग्य: सार्वजनिक भयो ‘अरे हो नेता जी’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana