Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विजय र वर्षाको आत्मीय पोस्टर सहित ‘मालती मंगले’को प्रदर्शन मिति सार्वजनिक

✍ परिकला न्यूज
फाल्गुन ३, २०८२ मा प्रकाशित
विजय र वर्षाको आत्मीय पोस्टर सहित ‘मालती मंगले’को प्रदर्शन मिति सार्वजनिक

इटहरी/ नेपाली फिल्म पारखीहरूका लागि नयाँ वर्षको अवसरमा एउटा मौलिक प्रेमकथा पर्दामा आउने भएको छ । साङ्गीतिक क्षेत्रमा लामो समयदेखि एकछत्र राज गरिरहेका चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको नयाँ नेपाली कथानक फिल्म ‘मालती मंगले’ आगामी वैशाख २५ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको छ ।

निर्माण पक्षले फिल्मको आधिकारिक प्रदर्शन मिति घोषणा गर्दै मुख्य कलाकारहरूको आत्मीय भाव झल्किने ‘फर्स्ट लुक पोस्टर’ पनि एकसाथ सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरले गाउँले परिवेशको मौलिकता र पात्रहरूबीचको गहिरो रसायनलाई छर्लङ्ग पारेको छ । विजय बस्यालले डिजाइन गरेको पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र वर्षा राउतलाई निकै प्रेमिल मुद्रामा प्रस्तुत गरिएको छ ।

रातो रङ्गको आकर्षक ग्रामीण पहिरनमा सजिएकी वर्षाको काखमा विजयले सुविस्ताले टाउको राखेका छन् भने वर्षाले मुस्कुराउँदै उनलाई साथ दिएकी छिन् । पोस्टरको पृष्ठभूमि र पात्रहरूको हुलियाले फिल्मले नेपाली माटोको सुगन्ध र एउटा ‘अर्ग्यानिक’ ग्रामीण प्रेमकथालाई उठान गरेको प्रस्ट छनक दिन्छ ।

फिल्मका निर्देशक प्रकु पाण्डेयले ‘मालती मंगले’लाई नेपाली समाजको यथार्थपरक कथा बोकेको विशुद्ध पारिवारिक फिल्मको रूपमा अथ्र्याएका छन् । “यो परिवारको सबै उमेर समूहका सबै जना एकसाथ बसेर निर्धक्क हेर्न सकिने फिल्म हो । यसले हाम्रो समाजको एउटा बलियो पाटोलाई उजागर गर्ने इमानदार प्रयास गरेको छ,” निर्देशक पाण्डेयले भने ।

@parikalanewsofficial

यस फिल्मको कथा पनि निर्देशक पाण्डेय स्वयंले नै लेखेका हुन् भने पटकथा तथा संवादमा उनलाई संयोग गुरागाईँले सघाएका छन् । फिल्ममा विजय बराल र वर्षा राउतका साथमा मेक्सम गौडेल मुख्य भूमिकामा छन् । उनीहरूलाई प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाहलगायतका कलाकारहरूले साथ दिएका छन् ।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माताको रुपमा सागर ज्ञवाली छन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत रहेका छन् । महेश पौडेलको छायाङ्कन रहेको फिल्मलाई रोमी मोजेजले सम्पादन गरेका हुन् । यसमा कृष्ण भण्डारीको रङ्ग संयोजन र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने थिएटर वितरणको जिम्मा आरआर फिल्म्सले पाएको छ ।

अगाडिकाे पाेस्ट

ठूला सहरको घेरा तोड्दै ‘फ्रेन्डस् सिनेमा’ चेन: साढे ३ करोडमा इलाममा खुल्यो नयाँ हल

अर्काे पाेस्ट

मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana