Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

१० वर्षपछि निर्देशनमा फर्किए नीर शाह, फिल्म ‘कमला मिस’को सुटिङ सुरु

✍ परिकला न्यूज
फाल्गुन १, २०८२ मा प्रकाशित
१० वर्षपछि निर्देशनमा फर्किए नीर शाह, फिल्म ‘कमला मिस’को सुटिङ सुरु

इटहरी/ नेपाली फिल्म उद्योगलाई ‘वासुदेव’, ‘वसन्ती’ र ‘मसान’ जस्ता कालजयी फिल्म दिइसकेका वरिष्ठ फिल्मकर्मी नीर शाह लामो विश्रामपछि पुनः निर्देशनमा फर्किएका छन् । ठिक एक दशकको पर्खाइलाई बिट मार्दै उनले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म ‘कमला मिस’ मार्फत आफ्नो निर्देशकीय यात्रालाई पुनर्जीवन दिएका छन् ।

शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा क्यामेरा र क्ल्यापबोर्डको विधिवत् शुभमुहूर्त गर्दै यस फिल्मको छायांकन सुरु गरिएको हो । प्रसिद्ध साहित्यकार विजय मल्लको कथामा आधारित ‘कमला मिस’ ले मानव मस्तिष्क र मनोविज्ञानका अत्यन्त सूक्ष्म आयामहरूलाई पर्दामा उतार्ने प्रयास गर्नेछ । यसको पटकथा तथा संवादलाई निर्देशक शाह स्वयंले प्रजल दुलाल र सुगम दुलालसँगको सहकार्यमा तयार पारेको हो ।

यस फिल्ममा निर्देशक नीर शाह आफैं पनि महत्त्वपूर्ण भूमिकामा प्रस्तुत हुँदै छन् । उनका साथमा नयाँ तथा पुराना पुस्ताका कलाकारहरूको जम्बो टोली यो फिल्ममा देखिनेछ । फिल्मको मुख्य कलाकारहरुमा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मी रहेका छन् । फिल्मको प्रस्तुतकर्ता स्मृति प्रतिष्ठानका विजय मल्ल रहेका छन् भने कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान, लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन् ।

@parikalanewsofficial

वि.सं. २०२४ सालमा हिरासिंह खत्री निर्देशित फिल्म ‘परिवर्तन’ बाट अभिनय यात्रा थालेका शाहले नेपाली फिल्म जगतमा ५ दशकभन्दा लामो समय बिताइसकेका छन् । उनले हालसम्म ३ सयभन्दा बढी फिल्ममा आफ्नो सफल अभिनय पस्किसकेका छन् भने ‘वसन्त’, ‘राजमती’, र ‘सेतोबाघ’ जस्ता चर्चित फिल्महरूको सफल निर्देशन गरिसकेका छन् । पछिल्लो समय उनी अभिनीत फिल्म ‘परान’ ले बक्स अफिसमा करिब १८ करोड रुपैयाँको व्यापार गर्दै उत्कृष्ट व्यावसायिक सफलता हासिल गरेको थियो । अभिनयमा सदाबहार क्रेज कायम राख्न सफल शाहले अब ‘कमला मिस’ मार्फत नेपाली दर्शकमाझ फेरि एकपटक गहिरो वैचारिक संवाद स्थापित गर्ने विश्वास लिइएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म पत्रकार स्व. दिनेश सिटौलाको योगदानलाई जीवन्त राख्न ‘स्मृति पुरस्कार’ र अक्षय कोष स्थापना

अर्काे पाेस्ट

आशिर्वाद र एलिनाको रोमान्टिक गीतमा आश्मा विश्वकर्मा र प्रभात पाल ठकुरी फिचर्ड

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana