Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘श्री बुकुरो’ को ट्रेलरलाई सकारात्मक प्रतिक्रिया, दर्शकको मन छुने पारिवारिक कथा

✍ परिकला न्यूज
माघ २९, २०८२ मा प्रकाशित
‘श्री बुकुरो’ को ट्रेलरलाई सकारात्मक प्रतिक्रिया, दर्शकको मन छुने पारिवारिक कथा

इटहरी/ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को ट्रेलरले यतिबेला सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । सार्वजनिक भएको छोटो समयमै यसको ट्रेलरले दर्शकबाट अर्गानिक र मौलिक स्वादको अपेक्षासहित सकारात्मक प्रतिक्रिया सिर्जना गरेको हो । विशेषगरी युट्युब र अन्य सामाजिक प्लाटफर्महरूमा दर्शकहरूले ग्रामीण परिवेशको कथा र पारिवारिक संवेदनालाई निकै रुचाएको प्रतिक्रिया दिइरहेका छन् ।

करिब ३ मिनेट ३३ सेकेन्ड लामो यो ट्रेलरको प्रस्तुति परम्परागतभन्दा केही फरक र कलात्मक छ । पोएटिक न्यारेसन शैलीमा अघि बढ्ने ट्रेलरले दर्शकलाई पात्रहरूको मनोदशासँगै यात्रा गराउँछ । फिल्मकी मुख्य पात्र एवं वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई केन्द्रमा राखेर बुनिएको ट्रेलरमा एउटा सानो ‘बुकुरो’ अर्थात् घर बनाउने सपना, सन्तानप्रतिको मोह, विवाह र त्यसपछि आउने पारिवारिक उतारचढावलाई मार्मिक ढंगले देखाइएको छ । धेरै दर्शकले ट्रेलर हेरेपछि “आफ्नै गाउँघर र आमाको याद आएको” भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । हेर्नुस् ट्रेलर ।

‘माला’ र ‘रुद्रप्रिया’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक सुदीप भुपाल सिंह यसै फिल्ममार्फत ९ वर्षपछि निर्देशनमा फर्किएका छन् । पछिल्लो समय नेपाली बक्स अफिसमा सामाजिक र पारिवारिक कथावस्तु बोकेका फिल्मले राम्रो व्यापार गरिरहेको सन्दर्भमा, सिंहले ‘श्री बुकुरो’ मार्फत दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् । उनले यसलाई “विशुद्ध पारिवारिक र मनोरञ्जनात्मक प्याकेज” बताएका छन् । फिल्म रेञ्जको ब्यानरमा रुबी सेन सिंहले निर्माण गरेको यस फिल्ममा पुराना र नयाँ पुस्ताका कलाकारहरूको राम्रो मिश्रण छ ।

@parikalanewsofficial

फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, लय संग्रौला, मोहन निरौला, रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । मुस्ताङ, बाग्लुङ, कास्की, दमौली देखि काठमाडौँसम्मका रमणीय स्थानहरूमा छायांकन गरिएको यो फिल्मको भिजुअल पनि सामाजिक सञ्जालमा तारिफको विषय बनेको छ । रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार लगायतका गायकहरूको स्वर रहेको यस फिल्मले हलमा दर्शकलाई कतिको तान्न सक्छ, त्यो भने हेर्न बाँकी नै छ ।

अगाडिकाे पाेस्ट

फागुन २९ मा रिलिज हुने ‘लालिमा’ टिजरमा देखियो यौनकर्मीको मौन चित्कार

अर्काे पाेस्ट

निखिल र जसितापछि ‘पारस’ मा प्रियंकाको इन्ट्री, कसको जोडी बन्लान् निखिल ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’
कलिउड न्युज

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

✍ सुवास संकल्प
बैशाख २, २०८३ मा प्रकाशित
0

...

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै
कलिउड न्युज

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana