Wednesday, March 11, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फागुन २९ मा रिलिज हुने ‘लालिमा’ टिजरमा देखियो यौनकर्मीको मौन चित्कार

✍ परिकला न्यूज
माघ २९, २०८२ मा प्रकाशित
फागुन २९ मा रिलिज हुने ‘लालिमा’ टिजरमा देखियो यौनकर्मीको मौन चित्कार

इटहरी/ समाजको अँध्यारो पाटो र संरचनागत अन्यायको कथा बोकेको फिल्म ‘लालिमा’ले आफ्नो प्रदर्शन मिति तय गर्दै प्रचारप्रसार आरम्भ गरेको छ । आगामी फागुन २९ गतेबाट देशभर प्रदर्शनमा आउने यो फिल्मको टिजर र फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार साँझ ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो । टिजरमा फिल्मकी शीर्ष पात्र रोशनी कार्कीलाई मात्र केन्द्रमा राखिएको छ ।

एउटा बन्द कोठाभित्र मानसिक छटपटी र पीडामा रहेकी रोशनीको अभिनयले दर्शकमा कौतुहलता र सस्पेन्स सिर्जना गरेको छ । टिजरसँगै सार्वजनिक गरिएको पोस्टरमा पनि रोशनीलाई नै एकल फिचर गरिएको छ । झ्यालको छेउमा संकटपूर्ण अवस्थामा बसिरहेकी, शरीरको माथिल्लो भाग सेतो कपडाले मात्र ढाकिएको र ओठमा लतपतिएको लालीले उनको चरित्रले भोगेको हिंसा र विवशतालाई सांकेतिक रूपमा प्रस्तुत गरेको छ । हेर्नुस् टिजर ।

लेखक तथा निर्देशक रोशन मिराजका अनुसार ‘लालिमा’ काल्पनिक कथा मात्र होइन । यो फिल्म करिब ३ हजार यौनकर्मीहरूको प्रत्यक्ष अनुभव र भोगाइमा आधारित रहेर निर्माण गरिएको हो । निर्देशक मिराज भन्छन्, ‘यो फिल्म केवल पीडाको कथा होइन, यो शोषण र अन्यायविरुद्ध नझुक्ने मानवीय साहसको दस्तावेज हो ।’ फिल्मको कथा आमा र छोरीको संघर्षमा केन्द्रित छ । लनायिका रोशनी कार्कीले ‘लालिमा’को भूमिका निर्वाह गरेकी छिन् भने उनकी बोल्न नसक्ने आमाको भूमिकामा चर्चित अभिनेत्री उषा रजक छिन् । कथाअनुसार, एउटा घटनाका कारण आमा कारागार पुग्छिन् ।

@parikalanewsofficial

आमालाई जेलमुक्त गराउने संघर्षका क्रममा लालिमा सहरको कठोर र अँध्यारो दलदलमा फस्दै जान्छिन् । जसका कारण उनले शारीरिक, भावनात्मक र मानसिक पीडा भोग्न बाध्य हुन्छिन् । फिल्ममा रोशनी कार्की र उषा रजकका अलावा शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । ‘फेथ आस्था’ र ‘एम्पिफाई चेन्ज’को सहकार्यमा निर्माण भएको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । यो फिल्मले दर्शकलाई समाजको लुकेको पाटो देखाउने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

निखिल र वर्षाको पहिलोपटक ‘अनस्क्रिन रोमान्स’, सुरु भयो ‘कस्तुरी’को छायांकन

अर्काे पाेस्ट

‘श्री बुकुरो’ को ट्रेलरलाई सकारात्मक प्रतिक्रिया, दर्शकको मन छुने पारिवारिक कथा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा
कलिउड न्युज

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

✍ परिकला न्यूज
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

...

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु
कलिउड न्युज

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

✍ परिकला न्यूज
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

...

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

फाल्गुन २५, २०८२ मा प्रकाशित
निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

फाल्गुन २५, २०८२ मा प्रकाशित
चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

फाल्गुन २५, २०८२ मा प्रकाशित
नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

फाल्गुन २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

फाल्गुन २६, २०८२ मा प्रकाशित
३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

फाल्गुन २६, २०८२ मा प्रकाशित
निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

फाल्गुन २५, २०८२ मा प्रकाशित
निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

फाल्गुन २५, २०८२ मा प्रकाशित
चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

फाल्गुन २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana