Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

स्वस्तिमाको ‘नयाँ अवतार’ सहित ‘लालीबजार’ को टिजर र प्रदर्शन मिति सार्वजनिक

✍ परिकला न्यूज
माघ २९, २०८२ मा प्रकाशित
स्वस्तिमाको ‘नयाँ अवतार’ सहित ‘लालीबजार’ को टिजर र प्रदर्शन मिति सार्वजनिक

इटहरी/ दर्शकको मन जित्न सफल ब्यानर ‘षट्कोण आर्टस’ ले फेरि एकपटक मौलिक र अर्गानिक कथा पस्कने तयारी गरेको छ । निर्माण पक्षले फिल्म ‘लालीबजार’ को टिजर सार्वजनिक गर्दै यसलाई आगामी २०८३ साल वैशाख १८ गते दर्शकमाझ ल्याउने औपचारिक घोषणा गरेको छ ।

सार्वजनिक टिजरले फिल्मको मूल कथासार मात्र होइन, पात्रहरूको विविधतालाई पनि रोचक ढङ्गले प्रस्तुत गरेको छ । बर्दियाको राजापुर क्षेत्रको परिवेशमा खिचिएको यो फिल्मले त्यहाँको स्थानीय जनजीवन र लुकेका कथाहरूलाई पर्दामा उतार्ने सङ्केत गरेको छ ।

फिल्मको प्रमुख आकर्षणका रूपमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता रवीन्द्रसिंह बानियाँ देखिएका छन् । विशेष गरी, स्वस्तिमा खड्कालाई यसपटक दर्शकले नितान्त फरक र चुनौतीपूर्ण भूमिकामा पाउनेछन् । उनको हुलिया र चरित्र चित्रणले टिजर रिलिजसँगै सिनेवृत्तमा चर्चा परिचर्चा सुरु गराएको छ । हेर्नुस् टिजर ।

साथमा समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार जस्ता कलाकारहरूको अभिनयले फिल्मलाई जीवन्त बनाएको छ । यही फिल्मबाट विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली फिल्म क्षेत्रमा आफ्नो यात्रा आरम्भ गर्दैछन् । फिल्मको कमान्ड लेखक तथा निर्देशक यम थापाले सम्हालेका छन् । उनलाई कथा वाचनमा सशक्त मानिने निर्देशक प्रदीप भट्टराईले पटकथा र संवादमा साथ दिएका छन् ।

@parikalanewsofficial

भट्टराई स्वयं फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्माताको रूपमा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ रहेका छन् । क्रिएटिभ डिरेक्टर जेबी रुवाली रहेको ‘लालीबजार’ मा सुशन प्रजापतिको सिनेम्याटोग्राफीले बर्दियाको सौन्दर्य र कथाको मुडलाई क्यामरामा कैद गरेको छ । द्वन्द्वमा सम्राट बस्नेत, सम्पादनमा मित्रदेव गुरुङ र रङ्ग संयोजनमा रेनिश फागो रहेका छन् । रोयल भीमसेनले तयार पारेको पोस्टर र प्रचार सामग्रीले पनि फिल्मको स्तरलाई झल्काएको छ ।

अगाडिकाे पाेस्ट

‘छ माया छपक्कै’को सिक्वेल बन्ने, रोहित र दीपक-दीपाको टिमले २०८३ को दशैंमा रिलिज हुने

अर्काे पाेस्ट

निखिल र वर्षाको पहिलोपटक ‘अनस्क्रिन रोमान्स’, सुरु भयो ‘कस्तुरी’को छायांकन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana