Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

ब्रेकअपको चर्चाबीच ‘रमिताको पिरती’मा आनासँग गुञ्जियो सुशान्तको स्वर

✍ परिकला न्यूज
माघ २९, २०८२ मा प्रकाशित
ब्रेकअपको चर्चाबीच ‘रमिताको पिरती’मा आनासँग गुञ्जियो सुशान्तको स्वर

इटहरी/ केही समययता अभिनेत्री आना शर्मा र गायक सुशान्त केसीले इन्स्टाग्राममा एक–अर्कालाई ‘अनफलो’ गरेपछि उनीहरूको प्रेम सम्बन्ध टुटेको हल्लाले बजार तताएको थियो । तर, यही व्यक्तिगत चर्चाका बीच यो जोडीले आफ्नो व्यावसायिक र हार्दिक सम्बन्धलाई भने कायमै राखेको सन्देश दिएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएको आना शर्मा अभिनित फिल्म ‘रमिताको पिरती’ को प्रचारका लागि गायक सुशान्त केसीले साथ दिएका छन् ।

फिल्म रिलिजको चौथो दिन पारेर सुशान्तले आफ्नै स्वर तथा संगीत रहेको ‘तिम्रै छेऊमा’ बोलको गीत फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन् । ब्रेकअपको हल्ला चलिरहँदा सुशान्तले आनाको मुख्य भूमिका रहेको फिल्ममा गीत गाउनु र सामाजिक सञ्जालमा फिल्म राम्रो बनेको प्रतिक्रिया दिँदै शुभकामना दिनुले उनीहरूबीचको सम्बन्ध अझै सौहार्दपूर्ण रहेको संकेत गरेको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा भने आना शर्मा र अभिनेता धिरज मगरबीचका प्रेमिल र हार्दिक क्षणहरूलाई कलात्मक रूपमा कैद गरिएको छ ।

@parikalanewsofficial

प्रदर्शनको सुरुवाती दिनदेखि नै चर्चा बटुलिरहेको यस फिल्मले बक्स अफिसमा पनि सकारात्मक गति लिएको छ । निर्माता सागर लम्सालका अनुसार शुक्रबारको तुलनामा शनिबार र त्यसपछिका दिनमा दर्शकको संख्या बढ्दो क्रममा छ । अर्का निर्माता सुवास कोइरालाले ‘वर्ड अफ माउथ’ बलियो भएकाले बिदाका दिनहरूमा व्यापारमा अझ उछाल आउने विश्वास व्यक्त गरेका छन् । सुदिप्ताको लेखन तथा निर्देशन रहेको यो फिल्मले ‘रमिता’ नामकी युवतीको सम्बन्धका विभिन्न आयामहरूको कथा भन्छ ।

विशेषगरी, मुख्य भूमिकामा रहेकी आना शर्माको अभिनयलाई दर्शकले ‘अहिलेसम्मकै उत्कृष्ट’ भन्दै सामाजिक सञ्जालमा तारिफ गरिरहेका छन् । फिल्ममा आना र धिरजका अलावा समिर श्रेष्ठ, विनय श्रेष्ठ र रेनु योगी लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ । फिल्मलाई शिशिर विसङखेले छायांकन गरेका हुन् भने सुनिल शिवभक्तिले सम्पादन गरेका छन् । व्यक्तिगत जीवनको चर्चालाई पन्छाउँदै आना र सुशान्तले देखाएको यो व्यावसायिकताले फिल्म ‘रमिताको पिरती’ प्रति दर्शकको कौतुहलता अझ बढाएको छ ।

अगाडिकाे पाेस्ट

सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

अर्काे पाेस्ट

‘छ माया छपक्कै’को सिक्वेल बन्ने, रोहित र दीपक-दीपाको टिमले २०८३ को दशैंमा रिलिज हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana