Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अभिनेता सुनिल थापाको निधनमा बलिउड अभिनेत्री प्रियंका चोपडाको भावुक स्ट्याटस

✍ परिकला न्यूज
माघ २६, २०८२ मा प्रकाशित
अभिनेता सुनिल थापाको निधनमा बलिउड अभिनेत्री प्रियंका चोपडाको भावुक स्ट्याटस

इटहरी/ नेपाली फिल्म क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाको निधनले नेपाली फिल्म क्षेत्र मात्र नभई भारतीय फिल्म जगतलाई पनि स्तब्ध बनाएको छ । यसै क्रममा बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा एक भावुक स्ट्याटस लेख्दै प्रियंकाले सुनिल थापालाई आफ्नो ‘कोच सर’ को रूपमा सम्झिएकी छिन् ।

यी दुई कलाकारले सन् २०१४ मा प्रदर्शित सुपरहिट फिल्म ‘मेरी कोम’ मा एकसाथ काम गरेका थिए, जहाँ सुनिल थापाले प्रियंकाको बक्सिङ कोचको भूमिका निर्वाह गरेका थिए । फिल्मको एक क्लिप सामाजिक सञ्जालमा राख्दै प्रियंकाले आफ्नो जीवनको सबैभन्दा कठिन समयमा थापाले दिएको साथलाई स्मरण गरेकी छिन् । उनले लेखेकी छिन्, “तपाईं सधैं मेरो ‘कोच सर’ रहिरहनुहुनेछ ।”

आफ्ना पिताको निधन लगत्तैको समयमा छायांकनका क्रममा थापाले दिएको ढाडस सम्झिँदै उनले भनेकी छिन्, “जतिबेला मैले भर्खरै मेरो बुवालाई गुमाएको थिएँ, तपाईंले मलाई सम्हाल्नुभयो । तपाईंले मलाई माया गर्नुभयो र आफूलाई थाहै नभई कयौं कठिन दिनहरू पार गर्न मलाई मद्दत गर्नुभयो ।”
प्रियंकाले थापाको न्यानो व्यवहार र हाँसो सधैं आफ्नो स्मृतिमा रहने उल्लेख गरेकी छिन् । “धेरै चाँडो जानुभयो तर कहिल्यै बिर्सिइने छैन,” उनले लेखेकी छिन् ।

@parikalanewsofficial

आफू भित्रैदेखि टुटेको समयमा थापाले देखाएको स्नेहप्रति कृतज्ञता व्यक्त गर्दै उनले शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेकी छिन् । ‘मेरी कोम’ फिल्ममा सुनिल थापाको अभिनयको भारतमा समेत निकै प्रशंसा भएको थियो । उनको निधनले एक सशक्त अभिनेता गुमाएको भन्दै फ्यान तथा शुभचिन्तकहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । शुक्रबार बेलुका उनको हृदयघातका कारण निधन भएको थियो ।

अगाडिकाे पाेस्ट

शिवांश ट्रेलर: जोगीको भेष, आधुनिक हतियार र ‘समुद्र मन्थन’को रोचक मिश्रण

अर्काे पाेस्ट

सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana