Wednesday, March 11, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

शिवांश ट्रेलर: जोगीको भेष, आधुनिक हतियार र ‘समुद्र मन्थन’को रोचक मिश्रण

✍ परिकला न्यूज
माघ २४, २०८२ मा प्रकाशित
शिवांश ट्रेलर: जोगीको भेष, आधुनिक हतियार र ‘समुद्र मन्थन’को रोचक मिश्रण

इटहरी/ गेरु बस्त्र, निधारमा खरानी र हातमा त्रिशूल बोकेको मान्छे सधैं साधु नै हुन्छ भन्ने छैन, ऊ भित्र एउटा क्रुर अपराधी पनि लुकेको हुन सक्छ । यही विरोधाभासपूर्ण कथा र पौराणिक रहस्य बोकेको फिल्म ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर रिलिज हुने यो फिल्मले नेपाली फिल्म क्षेत्रमा विरलै बन्ने ‘स्पिरिचुअल एक्सन ड्रामा’ जनराको उठान गरेको छ ।

अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस फिल्मको ट्रेलरले दर्शकलाई सुरुमै झस्काउँछ । ट्रेलरमा अभिनेता प्रविण खतिवडाको ‘लुक्स’ र अभिनय सबैभन्दा सशक्त पक्षको रूपमा देखिएको छ । बाहिरबाट हेर्दा सांसारिक मोह त्यागेको र सादगी जीवन बिताइरहेको जोगी देखिए पनि, भित्री रूपमा उनी कति क्रुर र खतरनाक हुन सक्छन् भन्ने कुरालाई ट्रेलरमा प्रष्ट देखाइएको छ ।

कुनै ‘दिव्य शक्ति’ वा ‘सिद्धि’ प्राप्तिको उन्मादमा रहेका पात्रको आवरणमा हत्या र हिंसाको कथा बुनिएको संकेत ट्रेलरले गर्छ । निर्देशक सन्तोष कुमार आत्रेयले फिल्ममा पौराणिक मान्यता र आधुनिक युगको रहस्यलाई एकै ठाउँमा मिसाउने साहसिक प्रयास गरेका छन् । कथामा पौराणिक ‘समुद्र मन्थन’ र त्यसबाट निस्किएको ‘विष’ को सन्दर्भ जोडिएको छ । हेर्नुस् ट्रेलर ।

एकातिर गुफा, मन्त्रोच्चारण र तान्त्रिक विधिहरू देखिन्छन् भने अर्कोतिर ल्यापटप, आधुनिक हतियार र पुलिसको अनुसन्धान देखाईएको छ । ट्रेलरमा देखाइएको “यो पुस्तकले विध्वंश निम्त्याउन सक्छ” भन्ने संवादले एउटा रहस्यमयी शिला र पुस्तकको वरिपरि ठूलो खतरा मडारिएको संकेत गर्छ । ट्रेलर हेर्दा फिल्मको क्यानभास भव्य देखिन्छ । यसलाई थप ओजपूर्ण बनाएको छ- भारतीय प्रख्यात गायक कैलाश खेरको जादुमयी स्वर र संगीतले ।

पृष्ठभूमिमा बज्ने मन्त्रोच्चारण र संगीतले दर्शकलाई आध्यात्मिक र थ्रिलर दुवै भावको महसुस गराउँछ । अञ्जान केसीको कथा र निर्माता रहेको यस फिल्मको पटकथा बारत लिम्बूले लेखेका हुन् भने स्क्रिप्ट डक्टरको भूमिका सुलक्षण भारतीले निर्वाह गरेका छन् । फिल्ममा प्रवीण खतिवडा, विमला लिम्बू, रुषा न्यौपाने, तेज गिरी, विकास जोशी, उदय कुमार सुब्बा, सन्तोष कुमार आत्रेय, बारात लिम्बू, प्रदीप कुमार चौधरी, तुलसा लिम्बू, सबिर चुरौटे, टिका निरौला, कुन्दन चौधरी, सागर घिमिरे, रत्न लिङ्देन लगायतको अभिनय रहेको छ ।

@parikalanewsofficial

फिल्ममा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी संगीत रहेको छ भने गीतमा राजनराज, मिलन नेवार र समीक्षा अधिकारीको स्वर समावेश छ । सरद महतोले डीओपी, बनिश शाहले सम्पादन, मिलन श्रेष्ठले द्वन्द्व र विक्रम चोहानले यो फिल्ममा कोरियोग्राफी गरेका छन् । नेपाली बक्स अफिसमा पौराणिक विषयवस्तुमा आधारित फिल्महरूको अभाव खड्किरहेको बेला महाशिवरात्रिको अवसरमा आउन लागेको ‘शिवांश : च्याप्टर १’ शिवभक्त र रहस्यमयी कथा रुचाउने दर्शकका लागि विशेष प्याकेज बन्न सक्ने देखिन्छ ।

अगाडिकाे पाेस्ट

‘हरिबहादुरको जुत्ता’ टिमको फिल्म ‘श्रीनिवास’ घोषणा: हरिवंश र अभिषेकको मुख्य भूमिका

अर्काे पाेस्ट

अभिनेता सुनिल थापाको निधनमा बलिउड अभिनेत्री प्रियंका चोपडाको भावुक स्ट्याटस

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा
कलिउड न्युज

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

✍ परिकला न्यूज
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

...

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु
कलिउड न्युज

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

✍ परिकला न्यूज
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

...

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

फाल्गुन २५, २०८२ मा प्रकाशित
निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

फाल्गुन २५, २०८२ मा प्रकाशित
चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

फाल्गुन २५, २०८२ मा प्रकाशित
नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

फाल्गुन २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

फाल्गुन २६, २०८२ मा प्रकाशित
३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

फाल्गुन २६, २०८२ मा प्रकाशित
निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

फाल्गुन २५, २०८२ मा प्रकाशित
निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

फाल्गुन २५, २०८२ मा प्रकाशित
चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

फाल्गुन २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana