Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सौन्दर्य प्रतयोगिता हुँदै बलिदानपछि ‘द ब्ल्यु लाइट’मा गृष्मा कटवाल, अभिनेत्री बन्ने सपना

✍ परिकला न्यूज
माघ १५, २०८२ मा प्रकाशित
सौन्दर्य प्रतयोगिता हुँदै बलिदानपछि ‘द ब्ल्यु लाइट’मा गृष्मा कटवाल, अभिनेत्री बन्ने सपना

इटहरी/ प्रदर्शन मिति नजिकिँदै गर्दा “द ब्ल्यु लाइट” फिल्मको प्रचार टोलीले इटहरीमा फिल्मी पत्रकारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार इटहरी अवस्थित परिकला न्यूजको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै फिल्मका सहायक निर्माता भोलानाथ कटुवालले फिल्मको कथासार प्रस्ट्याए । उनले भने, “हाम्रो समाजमा श्रीमान्-श्रीमतीको झगडा सामान्य मानिन्छ, तर त्यसले साना बालबालिकालाई कतिसम्म मानसिक रूपमा विक्षिप्त बनाउँछ भन्ने पाटोलाई हामीले बेवास्ता गरिरहेका हुन्छौं । आमाबाबुको माया नपाएकी एउटी बालिकाको त्यही पीडादायी र कहालीलाग्दो जीवनलाई ‘द ब्ल्यु लाइट’ ले मुख्य विषय बनाएको छ ।”

जब घरभित्रको वातावरण अशान्त हुन्छ, त्यसको सबैभन्दा गहिरो र अदृश्य चोट बालबालिकाको मस्तिष्कमा पर्छ । यही तीतो सामाजिक यथार्थ र मानिसको मनभित्र गुम्सिएका भ्रमहरूको कथा बोकेर फिल्म ‘द ब्ल्यु लाइट’ दर्शक माझ आउने अन्तिम तयारीमा छ । शहीद दिवसको अवसर पारेर यही माघ १६ गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको यो फिल्मले दर्शकलाई हलबाट निस्किएपछि पनि सोच्न बाध्य बनाउने निर्माण पक्षको दाबी छ ।

काठमाडौं आसपास छायांकन गरिएको यो फिल्म पारिवारिक सम्बन्ध, बाल मनोविज्ञान र सामाजिक यथार्थको ऐना भएको सहायक निर्माता कटुवालले बताए । फिल्ममा बाल कलाकारको भूमिका निकै चुनौतीपूर्ण छ । पत्रकार सम्मेलनमा उपस्थित बाल कलाकार गृष्मा कटुवालले पनि आफ्नो अनुभव सुनाईन् । वास्तविक जीवनमा बुबाआमाको काखमा रमाइरहेकी गृष्मालाई फिल्मको ‘दुःखी र एक्लो’ पात्रमा ढल्न सहज थिएन ।

@parikalanewsofficial

उनले भनिन्, “म घरमा सबैको माया पाएर हुर्किएकी छु । त्यसैले फिल्मको त्यो पीडादायी भूमिका मेरा लागि निकै गाह्रो थियो । तर, कथाको गहिराइ बुझेर र यस्तै भावनात्मक फिल्महरू हेरेर मैले आफ्नो भूमिकालाई न्याय गर्ने कोसिस गरेकी छु । मेरो रियल पारिवारिक कथा र फिल्ममा मेरो पारिवारिक कथा भने मिल्दोजुल्दो छैन ।” गृष्माकाे यो दोश्रो फिल्म हो । यसअघी उनले बलिदान फिल्ममा अभिनय गरेकी थिइन् । इटहरीमा आयोजना भएको मिस्टर एण्ड मिस लिटिल पुर्बेलीको पहिलो संस्करणमा प्रतिष्पर्धी हुँदै गर्दा उनले बलिदानमा अभिनय गर्ने अवसर पाएकी थिइन् ।

अडिसनमार्फत बलिदानमा छानिएकी उनले आफ्नो सपनाको बाटो तय गरेकी हुन । पत्रकार सम्मेलनमा गृष्माले आफ्नो सपना अभिनेत्री बन्ने रहेको सुनाईन् । फिल्ममा उनीसँगै अर्की बाल कलाकार सहारा शर्माको पनि अभिनय छ । सार्वजनिक पोस्टर र ट्रेलरले धेरैलाई यो ‘हरर’ फिल्म हो कि भन्ने भ्रममा पारेको छ । स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन् । यी दुई पात्रमार्फत प्रेम, धोका र बदलाको कथा भनिएको छ ।

फिल्ममा आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी जस्ता कलाकारहरूको दमदार उपस्थिति छ ।
फिल्मको कार्यकारी निर्मातामा अभिनेत्री बेनिशा हमाल स्वयं र चर्चित छायाकार नरेन्द्र मैनाली रहेका छन् भने सहायक निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । आकाश उखेडाको मुख्य सहायक निर्देशन, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइन र दिलीप पन्तको निर्माण नियन्त्रण रहेको यो फिल्मले नेपाली दर्शकलाई निराश नबनाउने विश्वास लिइएको छ ।

अगाडिकाे पाेस्ट

अभिनयले पर्दामा रुवाउने विजय बराल, सत्तालाई प्रश्न गर्दै गीत गाए

अर्काे पाेस्ट

‘शिवांश’मा गुन्जिने भयो कैलाश खेरको ‘शिव ताण्डव’, फिल्मको पोस्टर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana