Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

स्टारडमको भीडमा ‘पर्फर्मेन्स’ को खोजी: एकसाथ देखिँदै बेनिशा, अर्पण र महेश

✍ परिकला न्यूज
माघ ७, २०८२ मा प्रकाशित
स्टारडमको भीडमा ‘पर्फर्मेन्स’ को खोजी: एकसाथ देखिँदै बेनिशा, अर्पण र महेश

इटहरी/ स्टारडमको पछि कुदिरहेको नेपाली फिल्म बजारमा कहिलेकाहीँ यस्ता प्रोजेक्टहरू आउँछन्, जसले ‘पर्फर्मेन्स’ र ‘आर्ट’को भोक भएका दर्शकलाई राहत दिन्छन् । यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘द ब्ल्यू लाइट’ले यस्तै अपेक्षा जगाएको छ । यो केवल एउटा नयाँ फिल्म मात्र होइन, अभिनयमा आफूलाई अब्बल साबित गरिसकेका अनुभवी कलाकारहरूको ‘संगम’ पनि हो ।

यो फिल्मको सबैभन्दा बलियो पक्ष यसको कास्टिङ देखिएको छ । ‘ब्लाइन्ड रक्स’ मार्फत आफ्नो अभिनय क्षमता देखाइसकेकी अभिनेत्री बेनिशा हमाल, ‘हल्कारा’ बाट अभिनेताको गहिराइ नापेका महेश त्रिपाठी, जो हालको सुपरहिट फिल्म ‘परान’ मा पनि पनि अभिनय गरेर तारिफ बटुलेका, र पर्दामा आफ्नो ‘एटिच्युड’ र अभिनयले जादु छर्ने अर्पण थापा एकसाथ देखिँदैछन् ।

यति मात्र होइन, यो टिममा आयुष्मान देशराज जोशी र सृष्टि श्रेष्ठ जस्ता लोकप्रिय अनुहारहरूको उपस्थिति पनि छ । साथमा सुरक्षा इटानी, ग्रिस्मा कटुवाल र सहारा शर्माको अभिनयले फिल्मलाई थप मजबुत बनाएको छ । गत शुक्रबार रिलिज भएको ट्रेलरले अहिले युट्युब र सामाजिक सञ्जालमा राम्रो हाइप सिर्जना गरेको छ । ट्रेलरको सुरुवातदेखि नै देखिने अँध्यारो र रहस्यमयी परिवेशले यो एउटा पूर्ण ‘साइकलोजिकल थ्रिलर’ हो भन्ने स्पष्ट पार्छ ।

@parikalanewsofficial

ट्रेलरमा अभिनेत्री बेनिशालाई ‘माया’ नामक पात्रको रूपमा देखाइएको छ, जो एक्लोपन र कुलतको दलदलमा फसेकी छिन् । प्रेम, धोका र बदलाको वरपर घुमेको कथामा अर्पण थापाको रहस्यमयी भूमिका र प्रहरी सोधपुछका दृश्यले दर्शकको दिमागमा अनेक प्रश्न उब्जाएको छ- आखिर ‘विक्रम’ को हो ? र ‘द ब्ल्यू लाइट’ को अर्थ के हो ?

धेरै दर्शकले यसलाई नेपाली फिल्ममा “नयाँ स्वाद र फरक विधाको आगमन” भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् ।स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यो फिल्मलाई बलिराम चौहानले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन भए पनि उनी नयाँ भने होइनन् । थुप्रै फिल्ममा ‘चिफ एडी’ को रूपमा काम गरिसकेका र ‘बलिदान’ जस्तो ठूलो प्रोजेक्टको निर्देशकीय टिममा रहेका चौहान आफ्नो काममा परिपक्व देखिन्छन् ।

निर्देशक चौहान भन्छन्, “हामीले देखाउन खोजेको विषयवस्तु नयाँ पक्कै पनि छैन । तर हामीले त्यही कुरालाई नयाँ शैलीमा देखाएका छौँ । पात्रका संवेग र भावनाहरू उच्च संवेदनशील छन्, जसले दर्शकलाई फरक अनुभव दिनेछ ।” यो फिल्ममा चर्चित छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल स्वयंले कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन् भने भोलानाथ कटुवाल र रमन ग्रे सह-निर्माताको रूपमा रहेका छन् । गम्भीर विषयवस्तु र सस्पेन्स रुचाउने दर्शकका लागि यो माघ १६ विशेष हुने संकेत ‘द ब्ल्यू लाइट’ ले दिएको छ ।

अगाडिकाे पाेस्ट

महासंघले गर्यो कोशी प्रदेशका १ सय बढी चलचित्रकर्मीलाई ३ क्याटोगरीमा परिचयपत्र वितरण

अर्काे पाेस्ट

प्रधानमन्त्री कार्कीको पक्षमा खुलिन् रचना रिमाल, भन्छिन् ‘यो नेतृत्व इतिहासमा दर्ज हुनेछ’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana