Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

महासंघले गर्यो कोशी प्रदेशका १ सय बढी चलचित्रकर्मीलाई ३ क्याटोगरीमा परिचयपत्र वितरण

✍ परिकला न्यूज
माघ ७, २०८२ मा प्रकाशित
महासंघले गर्यो कोशी प्रदेशका १ सय बढी चलचित्रकर्मीलाई ३ क्याटोगरीमा परिचयपत्र वितरण

इटहरी/ फिल्मलाई केवल मनोरञ्जनको साधन मात्र नभई प्रदेशको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको मुख्य आधार बनाउने उद्देश्यसहित कोशी प्रदेशमा एक ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार मोरङको सुन्दरहरैंचा–२, मृगौलीयामा सम्पन्न वृहत् फिल्मकर्मी भेलामा प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा फिल्मकर्मीका लागि विशेष सहुलियत र पूर्वाधार विकासको योजना सार्वजनिक गरिएको हो ।

नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्वारा आयोजित ‘कोशी पर्यटन प्रवर्द्धनमा सिनेमा र कलाकार’ विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले प्रदेशभित्र फिल्म छायांकनलाई सहजीकरण गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले भने, “कलाकार र सिनेमाले बोक्ने सन्देश कुनै पनि विज्ञापनभन्दा शक्तिशाली हुन्छ। कोशी प्रदेशका पर्यटकीय गन्तव्यलाई पर्दामा उतारेर विश्वसामु चिनाउन म चलचित्रकर्मीलाई आग्रह गर्दछु। यसका लागि प्रदेश सरकारले आवश्यक नीतिगत सहयोग र सहजीकरण गर्नेछ ।” मन्त्री पराजुलीले मृगौलीयामा महासंघको पहलमा निर्माण हुन लागेको ‘फिल्म सुटिङ भवन’ ले कोशी प्रदेशको कला क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै यस कार्यले आफूलाई उत्साहित बनाएको बताए।

@parikalanewsofficial

महासंघको पहलमा कोशी प्रदेशका फिल्मकर्मीहरूको जीवनस्तर उकास्न र उनीहरूको परिवारलाई राहत दिन विभिन्न संस्थाले महत्वपूर्ण घोषणा गरेका छन् । जस अन्तर्गत ईटहरीस्थित नोबेल एकेडेमीले कोशी प्रदेशका फिल्मकर्मीका छोराछोरीलाई कक्षा १ देखि १० सम्मको अध्ययनमा २५ प्रतिशत छुट दिने भएको छ भने नेपाल हेभी ड्राइभिङ स्कुल इटहरीले सवारी सिक्न चाहने फिल्मकर्मीलाई २५ प्रतिशत छुट दिने भएको छ ।

यस्तै ह्वाइट हाउस इन्टरनेसनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टले ‘डिप्लोमा इन होटल म्यानेजमेन्ट’ अध्ययन गर्नेलाई २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । समारोहमा फिल्म क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा सुपरहिट फिल्म ‘परान’ का लेखक तथा निर्देशक दिपक आचार्य, महासंघको भवन निर्माणका लागि जग्गा दान गर्ने फ्यूचर रियल स्टेट हाउजिङका प्रबन्ध निर्देशक यम लामा, वरिष्ठ फिल्मकर्मीहरू राजेन्द्र श्रेष्ठ र निर्देशक, नेपाल हेभी ड्राइभिङका शिव श्रेष्ठ तथा कलाकार संगिता प्रधान रहेका छन् ।

साथै, स्वास्थ्य क्षेत्रबाट चलचित्रकर्मीलाई सहयोग पुर्‍याएको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई पनि सम्मान गरियो । कार्यक्रममा कोशी प्रदेशका १ सयभन्दा बढी सक्रिय फिल्मकर्मीहरूलाई परिचय पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाली फिल्म क्षेत्रका सदाबहार नायक शिव श्रेष्ठ, वरिष्ठ निर्देशक रमेश बुढाथोकी, कुमार कट्टेल जिग्री, गजित बिष्ट र आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर रिटायर्ड योगेश कोयि राईको उपस्थिति रहेको थियो । उनीहरूले कोशी प्रदेशका चलचित्रकर्मीहरूले देखाएको एकता र सहकार्यको मोडलले केन्द्रलाई समेत झकझकाएको टिप्पणी गरे ।

अगाडिकाे पाेस्ट

टिजरपछि ‘शिवांश’को प्रचारलाई तीव्रता दिँदै ‘बैंश भुसुक्कै’ गीत सार्वजनिक

अर्काे पाेस्ट

स्टारडमको भीडमा ‘पर्फर्मेन्स’ को खोजी: एकसाथ देखिँदै बेनिशा, अर्पण र महेश

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana