Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बुटवलबाट कन्सर्ट गर्दै ‘रमिताको पिरती’ प्रचार सुरु, कुशलको स्वरमा ‘फोन नगर’ सार्वजनिक

✍ परिकला न्यूज
माघ ३, २०८२ मा प्रकाशित
बुटवलबाट कन्सर्ट गर्दै ‘रमिताको पिरती’ प्रचार सुरु, कुशलको स्वरमा ‘फोन नगर’ सार्वजनिक

इटहरी/ यही माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ले आफ्नो प्रचार प्रसारलाई सांगीतिक उत्सवका रूपमा अगाडि बढाएको छ । यसै क्रममा माघ १ गते बुटवलमा आयोजित भव्य कन्सर्टका बीच फिल्मको नयाँ गीत ‘फोन नगर’ सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले बुटवलमा आयोजना गरेको कन्सर्टमा ५ हजारभन्दा बढी दर्शक ओर्लिएका थिए ।

सोही भीडमाझ लोकप्रिय गायक तथा र्‍यापर कुशल पोखरेलले जब ‘फोन नगर’ गीत गाउन सुरु गरे, माहोल एकाएक गर्मायो । दर्शकले हुटिङ गर्दै ‘वान्स मोर’ भनेपछि कुशलले पुनः गीत सुनाएका थिए । कन्सर्टमा गीत प्रस्तुत भएसँगै यसको भिडिओ पनि प्रिमियर गरिएको थियो ।सार्वजनिक ‘फोन नगर’ गीतमा शब्द र स्वर स्वयं कुशल पोखरेलको रहेको छ भने सङ्गीत चर्चिल भुसालको छ ।

गीतबारे खुल्दै कुशलले भने, “यो गीतका लागि हामीले निकै मिहिनेत गरेका छौँ । टिमसँगको भाइब मिलेपछि झन्डै सातौँ ड्राफ्टमा पुगेर शब्द फाइनल भयो । यो एक वर्षअघिको योजना हो । गीतले प्रेम सम्बन्ध टुटिसकेपछि केटीको दृष्टिकोण कस्तो हुन्छ भन्ने कथा बोल्छ ।” गीतको भिडिओमा कुशलका साथ अभिनेत्री आना शर्मा फिचर्ड छिन् । हेर्नुस् भिडियो ।

भिडिओलाई झोलेइज्मले निर्देशन गरेका हुन् । सुदिप्ताको निर्देशनमा बनेको यो फिल्ममार्फत चर्चित गायक समीर श्रेष्ठ अभिनेताका रूपमा नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । फिल्मको अर्को गीत ‘तिमी भए काफी’ ले अहिले टिकटकमा तहल्का मच्चाएको छ । बुटवलको कन्सर्टमा समीरले यो गीत गाउँदा र आना शर्माले साथ दिँदा दर्शकको उत्साह हेर्नलायक थियो । फिल्मकी मुख्य पात्र रमिता अर्थात् आना शर्मा यस फिल्मबाट कार्यकारी निर्मात्रीका रूपमा पनि जोडिएकी छन् । फिल्ममा आना र समीरसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई लगायतका कलाकारको अभिनय छ ।

@parikalanewsofficial

निर्माता सागर लम्सालका अनुसार बुटवलको अपार सफलतापछि फिल्मको सांगीतिक टोली अब विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा कन्सर्ट लिएर जाँदैछ । यो फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेल संगीत तथा गायन रहेको छ । यो फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले काठमाण्डौ उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरणको जिम्मा लिएको छ । फिल्मको निर्मातामा सागर लम्साल रहेका छन् भने सन्तोष लम्साल कार्यकारी निर्माता र सुवास कोइराला सह-निर्माता हुन् ।

अगाडिकाे पाेस्ट

युट्युबमा ‘आ बाट आमा’को गीतले १ दिनमै कटायो २२ लाख भ्युज

अर्काे पाेस्ट

प्रेम, धोका र बद्लाको त्रिवेणी: ‘द ब्ल्यू लाइट’को सस्पेन्सफुल ट्रेलर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana