Thursday, February 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘द ब्ल्यू लाइट’को मर्मस्पर्शी गीत ‘कुन हावाले’ सार्वजनिक: प्रेम, प्रतीक्षा र टुटेको सपनाको कथा

✍ सुवास संकल्प
पुस २९, २०८२ मा प्रकाशित
‘द ब्ल्यू लाइट’को मर्मस्पर्शी गीत ‘कुन हावाले’ सार्वजनिक: प्रेम, प्रतीक्षा र टुटेको सपनाको कथा

इटहरी/ आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने प्रतीक्षित साइकोलोजिकल थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’ले प्रदर्शन मिति नजिकिँदै गर्दा आफ्नो सांगीतिक प्रचार सुरु गरेको छ । निर्माण पक्षले सोमबार ‘मौरी पिक्चर्स’को युट्युब च्यानलमार्फत फिल्मको मर्मस्पर्शी गीत ‘कुन हावाले’ सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा गायिका सलिना बिकेको सुमधुर स्वर, एसडी योगीको संगीत र सितुस्मा अधिकारीका शब्दहरू सजिएका छन् ।

गीतले केवल मनोरञ्जन मात्र दिँदैन, यसले सपना पूरा नहुँदै भताभुंग भएको संसार र वाचा तोडेर हिँड्नेहरूप्रति एउटा अधुरो प्रेमको कथा बोल्छ । हराएको प्रेमीको खोजी, अनन्त प्रतीक्षा र पलपलमा टुटिरहेको मनको पीडालाई गीतले निकै मार्मिक ढंगले प्रस्तुत गरेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । हेर्नुस् भिडियो ।

उनीहरूको अभिनयले चोखो प्रेमको गहिराइमा डुब्ने र प्रेमलाई खेलवाड सम्झने पात्रहरूबीचको द्वन्द्वलाई प्रस्ट्याएको छ । यो वियोगान्त गीतले फिल्मको कथावस्तु कति गम्भीर र रहस्यमय छ भन्ने संकेत समेत गरेको छ । बलिराम चौहानको निर्देशनमा तयार भएको यो फिल्म साइकोलोजिकल थ्रिलर जनरामा आधारित छ । फिल्ममा बेनिशा, अर्पण, आयुशमान र सृष्टिका अलावा महेश त्रिपाठी र सुरक्षा इटानीको पनि मुख्य भूमिका रहेको छ ।

@parikalanewsofficial

यस्तै बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा देखिएका छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यस फिल्मका कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल स्वयं रहेका छन् । त्यस्तै, सहायक निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । नरेन्द्र मैनालीकै छायांकन रहेको फिल्मको प्रोडक्सन डिजाइन रेलिजा श्रेष्ठले गरेकी छिन् भने दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।

अगाडिकाे पाेस्ट

चन्द्रौटामा र्‍यापर जिबबको कन्सर्टमा साउन्ड सिस्टम बिग्रिएपछि दर्शकद्वारा तोडफोड

अर्काे पाेस्ट

एक्सन फिल्ममार्फत ‘कमब्याक’ गर्दै अभिनेता आकाश श्रेष्ठ

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई
कलिउड न्युज

‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई

✍ परिकला न्यूज
फाल्गुन ६, २०८२ मा प्रकाशित
0

...

चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक
कलिउड न्युज

चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक

✍ परिकला न्यूज
फाल्गुन ५, २०८२ मा प्रकाशित
0

...

८ वर्षपछि निर्देशनमा रेखा थापा, तीन मिस नेपाल र मदनकृष्णलाई लिएर बनाउँदै ‘माया भनेकै यस्तो होला’

८ वर्षपछि निर्देशनमा रेखा थापा, तीन मिस नेपाल र मदनकृष्णलाई लिएर बनाउँदै ‘माया भनेकै यस्तो होला’

फाल्गुन ४, २०८२ मा प्रकाशित
दुर्गमको व्यथामा फिल्म ‘जिरो डिग्री’को तिखो व्यङ्ग्य: सार्वजनिक भयो ‘अरे हो नेता जी’

दुर्गमको व्यथामा फिल्म ‘जिरो डिग्री’को तिखो व्यङ्ग्य: सार्वजनिक भयो ‘अरे हो नेता जी’

फाल्गुन ४, २०८२ मा प्रकाशित
मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

फाल्गुन ४, २०८२ मा प्रकाशित
विजय र वर्षाको आत्मीय पोस्टर सहित ‘मालती मंगले’को प्रदर्शन मिति सार्वजनिक

विजय र वर्षाको आत्मीय पोस्टर सहित ‘मालती मंगले’को प्रदर्शन मिति सार्वजनिक

फाल्गुन ३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई

‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई

फाल्गुन ६, २०८२ मा प्रकाशित
चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक

चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक

फाल्गुन ५, २०८२ मा प्रकाशित
८ वर्षपछि निर्देशनमा रेखा थापा, तीन मिस नेपाल र मदनकृष्णलाई लिएर बनाउँदै ‘माया भनेकै यस्तो होला’

८ वर्षपछि निर्देशनमा रेखा थापा, तीन मिस नेपाल र मदनकृष्णलाई लिएर बनाउँदै ‘माया भनेकै यस्तो होला’

फाल्गुन ४, २०८२ मा प्रकाशित
दुर्गमको व्यथामा फिल्म ‘जिरो डिग्री’को तिखो व्यङ्ग्य: सार्वजनिक भयो ‘अरे हो नेता जी’

दुर्गमको व्यथामा फिल्म ‘जिरो डिग्री’को तिखो व्यङ्ग्य: सार्वजनिक भयो ‘अरे हो नेता जी’

फाल्गुन ४, २०८२ मा प्रकाशित
मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

फाल्गुन ४, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana