Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

परिवर्तन ट्रेलर: एक्सन अवतारमा फर्किए सुशील, हालसम्मकै फरक अवतारमा अञ्जना

✍ परिकला न्यूज
पुस २८, २०८२ मा प्रकाशित
परिवर्तन ट्रेलर: एक्सन अवतारमा फर्किए सुशील, हालसम्मकै फरक अवतारमा अञ्जना

इटहरी/ एक्सन, प्रेम र सत्ता सङ्घर्षको त्रिवेणी समेटिएको फिल्म ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ ९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको यो फिल्मले आफ्नो ट्रेलरमार्फत दर्शकमाझ उत्सुकता जगाउन सफल भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलाई ‘एक्सन स्टार’ को ट्यागसहित प्रस्तुत गरिएको छ ।

फिल्ममा ‘पारस’ को भूमिका निर्वाह गरेका सुशीलको एक्सन अवतार र ‘लुक्स’ निकै आक्रामक देखिन्छ । विशेषगरी उनले बोलेका संवादहरूले ट्रेलरलाई वजनदार बनाएका छन् । ट्रेलरमा सुशीलले बोलेको “पारसलाई मन परे दरबार, रिस उठे तरवार” भन्ने संवादले उनको चरित्रको गहिराइ प्रस्ट पार्छ । यस्तै, “बाघको डमरुलाई या त जिस्क्याउनै हुँदैन, या त मारिदिनुपर्छ, तैँले घाइते बनाएर ठूलो भूल गरिस्” भन्ने संवादले फिल्ममा उनी बदलाको भावनामा कति निर्मम हुन सक्छन् भन्ने सङ्केत गर्छ । हेर्नुस् ट्रेलर ।

फिल्ममा अभिनेत्री अञ्जना बराइली र सुशीलको जोडी जमेको छ । उनीहरूको रोमान्टिक ‘केमेस्ट्री’ भने द्वन्द्वको चेपुवामा परेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । अञ्जना मात्र प्रेमिकाको रूपमा सीमित छैनन्, उनी प्रहरी इन्सपेक्टरको भूमिकामा एक्सन अवतारमा समेत देखिएकी छिन् । फिल्मले केवल मारधाड मात्र नभई देशको वर्तमान राजनीतिक अवस्थालाई पनि चित्रण गरेको छ । “भ्रष्ट र देशद्रोहीको पञ्जाबाट नेपाल आमाले मुक्ति पाउनुपर्छ” भन्ने सुशीलको संवादले फिल्मको मुख्य मर्म बोल्नुका साथै समसामयिक राजनीतिक उथलपुथलप्रति व्यङ्ग्य गरेको छ ।

@parikalanewsofficial

निर्देशक विजय केरुङका अनुसार सत्ता प्राप्तिका लागि नेताहरूले कुन हदसम्मको हर्कत गर्न सक्छन् भन्ने विषयलाई फिल्मको कथावस्तु बनाइएको छ । दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील र अञ्जनाका अलावा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकारहरूको अभिनय देख्न सकिन्छ । करिश्मा मानन्धर फिल्ममा सुशीलकी आमाको भूमिकामा छिन् भने सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतका कलाकारहरूको अभिनयले फिल्मलाई सशक्त बनाएको छ ।शिवम अधिकारीको पटकथा तथा संवाद रहेको यस फिल्मले एक्सनका पारखी र सामाजिक सन्देश खोज्ने दुवै थरी दर्शकको अपेक्षा पूरा गर्ने विश्वास निर्देशक केरुङले व्यक्त गरेका छन् ।

अगाडिकाे पाेस्ट

माघ १ मा दया, सृजना र प्रकाशको मिरमिरे: सन्तानको भविष्य र बुवाको लुकेको पीडाको कथा

अर्काे पाेस्ट

चन्द्रौटामा र्‍यापर जिबबको कन्सर्टमा साउन्ड सिस्टम बिग्रिएपछि दर्शकद्वारा तोडफोड

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana