Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

माघ १ मा दया, सृजना र प्रकाशको मिरमिरे: सन्तानको भविष्य र बुवाको लुकेको पीडाको कथा

✍ परिकला न्यूज
पुस २८, २०८२ मा प्रकाशित
माघ १ मा दया, सृजना र प्रकाशको मिरमिरे: सन्तानको भविष्य र बुवाको लुकेको पीडाको कथा

इटहरी/ एउटा बुवाले छोरीको अगाडि देखाउने मुस्कानभित्र कति पीडा लुकेको हुन्छ ? अनि सन्तानको भविष्यका लागि अभिभावकले देख्ने सपनाको गहिराइ कति हुन्छ ? यिनै भावनात्मक प्रश्नहरूको जवाफ लिएर फिल्म ‘मिरमिरे’ दर्शकमाझ आउने अन्तिम तयारीमा छ । यो फिल्म यही आउने माघ १ गते माघे संक्रान्तिको अवसरमा सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’लाई केवल बाबु-छोरीको कथा मात्र नभएर, सन्तानप्रति अभिभावकको दृष्टि र त्यागको दस्तावेज भएको बताएका छन् । उनका अनुसार, यो फिल्मले एउटा बुवाले छोरीको खुसीका लागि आफ्नो मुख्य पीडा वा कुरा कसरी लुकाउँछन् भन्ने मर्मस्पर्शी कथा पेस गर्छ । दयाहाङ भन्छन्- ‘यो हेरेपछि सोच्न बाध्य बनाउने फिल्म हो ।’

फिल्मको विषयवस्तुबारे प्रष्ट पार्दै दयाहाङ भन्छन्, “झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा गहिरो पक्ष देखिने भएकाले नै मैले यो कथा रोजेको हुँ । यो बाहिर देखिएजस्तो बाबु-छोरीको सामान्य कथा मात्र होइन, गहिरिएर हेर्दा यसमा धेरै कुरा छन् ।” उनले यो फिल्मलाई ‘प्यासन’ ले हेर्नुपर्ने फिल्मको संज्ञा दिएका छन् । “हामी कतिपय अवस्थामा काममा प्यासन छैन भन्छौँ, तर ‘मिरमिरे’ त्यस्तो फिल्म हो जसले दर्शकलाई हलबाट निस्किएपछि पनि सोच्न बाध्य बनाउँछ,” दयाहाङले थपे ।

@parikalanewsofficial

उनले पात्रको भित्री इमोसनलाई पर्दामा उतार्न आफू निकै केन्द्रित भएको अनुभव सुनाए । यम शेर्पाको लेखन तथा निर्देशन रहेको यो प्रतिक्षित फिल्म यार्सा फिल्मसको ब्यानरमा निर्माण भएको हो । फिल्ममा दयाहाङ राईका साथै चर्चित गायक तथा कलाकार प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको मुख्य भूमिका रहेको छ ।

फिल्मको निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा रहेका छन् भने सह-निर्माताको रूपमा गोविन्द बोहरा र सुदिप कुँवर छन् । फिल्मको कार्यकारी निर्माता तथा वितरकको जिम्मेवारी आरआर फिल्मसका सञ्चालक रोहित कट्टेलले सम्हालेका छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा रहेका छन् । फिल्मको देशभर वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

अगाडिकाे पाेस्ट

प्रशान्त तामाङको पार्थिव शरीर दिल्लीबाट दार्जिलिङ ल्याइयो, आज चौरस्तामा अन्तिम श्रद्धाञ्जली

अर्काे पाेस्ट

परिवर्तन ट्रेलर: एक्सन अवतारमा फर्किए सुशील, हालसम्मकै फरक अवतारमा अञ्जना

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा
कलिउड न्युज

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक
कलिउड न्युज

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana