Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

प्रदीप खड्का भन्छन्, ‘सन्तोष सेनसँग कुरा भयो, अर्को फिल्म गर्ने सल्लाह हुँदैछ’

✍ परिकला न्यूज
पुस १९, २०८२ मा प्रकाशित
प्रदीप खड्का भन्छन्, ‘सन्तोष सेनसँग कुरा भयो, अर्को फिल्म गर्ने सल्लाह हुँदैछ’

इटहरी/ नेपाली फिल्म क्षेत्रका चल्तिका अभिनेता प्रदीप खड्का र निर्माता तथा निर्देशक सन्तोष सेनबीचको सम्बन्धलाई लिएर लामो समयदेखि चल्दै आएको अड्कलबाजी अन्ततः सकारात्मक मोडमा पुगेको देखिन्छ । फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शनपछि यी दुईबीच बोलचाल नै बन्द भएको र सम्बन्धमा चिसोपना आएको चर्चा फिल्मी वृत्तमा व्यापक थियो ।

तर, हालै अभिनेता खड्काले दिएको एक अभिव्यक्तिले यो जोडी पुनः पर्दामा फर्किने बलियो संकेत दिएको छ । लोकप्रिय कार्यक्रम ‘कठघरा’मा कुराकानी गर्दै अभिनेता प्रदीप खड्काले आफू र सन्तोष सेनबीचको सम्बन्ध राम्रो रहेको बताएका छन् । विगतको मनमुटाव र बोलचाल बन्द भएको हल्लालाई चिर्दै उनले भने, “लगभग एक हप्ता अगाडि जस्तो फोनमा कुरा भएको छ । अब अर्को फिल्म गर्ने भन्ने सल्लाह भइरहेको छ ।”

प्रदीपको यो भनाइले ‘प्रेमगीत’ सिरिजका फ्यानहरूमा उत्साह जगाएको छ । ‘प्रेमगीत’, ‘प्रेमगीत २’ र ‘प्रेमगीत ३’ जस्ता ब्लकबस्टर फिल्म दिएका यी दुईको टिमलाई नेपाली बजारमा निकै सफल मानिन्छ । फिल्म पण्डितहरूका अनुसार, प्रदीप र सन्तोषको यो मिल्ती समयको माग पनि हो ।

@parikalanewsofficial

पछिल्लो समय यी दुवैको फिल्मी करियरले सोचेजस्तो गति लिन सकेको छैन । सन्तोष सेनको ड्रिम प्रोजेक्ट भनिएको र ठुलो हाइपका साथ प्रदर्शनमा आएको फिल्म ‘बलिदान’ ले बक्स अफिसमा निकै निराशाजनक व्यापार गर्यो । महँगो बजेटमा बनेको यो फिल्मले लगानी उठाउन समेत मुस्किल परेपछि सेन दबाबमा देखिएका थिए ।

अर्कोतर्फ, हाल प्रदर्शन भइरहेको प्रदीप खड्काको महत्वाकांक्षी फिल्म ‘एक्लो १’ को हविगत पनि उस्तै देखिएको छ । साइन्स-फिक्सन जनरामा बनेको दाबी गरिएको यस फिल्मलाई दर्शक र समीक्षक दुवैले रुचाएनन्, जसका कारण फिल्मको व्यापार सन्तोषजनक हुन सकिरहेको छैन ।

आफ्ना पछिल्ला फिल्महरू लगातार फ्लप भएपछि प्रदीप र सन्तोष दुवैलाई एउटा दरिलो ‘कमब्याक’ को आवश्यकता छ । सामाजिक सञ्जाल र मिडियामा चलेका ‘इगो’ का कुराहरूलाई थाती राख्दै व्यावसायिक सफलताका लागि यो जोडी पुनः एकै ठाउँमा आउनु नेपाली फिल्म क्षेत्रका लागि सुखद समाचार हुनसक्छ ।

अगाडिकाे पाेस्ट

‘मन बिनाको धन’को सफलतापछि टंकको नयाँ फिल्म: पर्दामा फर्किदै अशोक र एआर

अर्काे पाेस्ट

हिन्दी गीतको भिडियोमा गरिमा शर्मा र रोशन अधिकारीको जम्यो केमेस्ट्री

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana