Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मन बिनाको धन’को सफलतापछि टंकको नयाँ फिल्म: पर्दामा फर्किदै अशोक र एआर

✍ परिकला न्यूज
पुस १९, २०८२ मा प्रकाशित
‘मन बिनाको धन’को सफलतापछि टंकको नयाँ फिल्म: पर्दामा फर्किदै अशोक र एआर

इटहरी/ नेपाली सङ्गीत आकाशमा आफ्नो छुट्टै पहिचान बनाएका गायक तथा संगीतकार टंक बुढाथोकी अब पुनः नेपाली फिल्म क्षेत्रमा जम्ने तयारीमा जुटेका छन् । पहिलो फिल्म ‘मन बिनाको धन’ मार्फत बक्स अफिसमा झन्डै ४ करोडको व्यापार गर्दै सुखद डेब्यु गरेका बुढाथोकीले आफ्नो दोस्रो फिल्म ‘बा–आमा’ निर्माण गर्ने घोषणा गरेका हुन् ।

टंक बुढाथोकीले पछिल्लो समय आफ्ना चर्चित गीतहरूलाई फिल्मको स्वरूप दिने शैली अपनाएका छन् । करिब ५ वर्षअघि चर्चाको शिखरमा रहेको उनकै गीत ‘बा–आमा’ को थिममा आधारित भएर यो नयाँ फिल्म बन्न लागेको हो । यो फिल्मले नेपाली समाजको पारिवारिक सम्बन्ध र संवेदनालाई पर्दामा उतार्ने लक्ष्य राखेको छ ।

@parikalanewsofficial

यस फिल्मको मुख्य आकर्षणको रूपमा चर्चित बालगायक अशोक दर्जी र टंककै छोरा एआर बुढाथोकी रहनेछन् । यी दुई बाल प्रतिभाको जोडीलाई दर्शकले पुनः एकसाथ पर्दामा देख्न पाउनेछन् । फिल्मका अन्य कलाकारहरू भने ‘अडिसन’ र छनोट प्रक्रिया मार्फत तय गरिने निर्माण पक्षले जनाएको छ । टंक बुढाथोकीको मौलिक कथालाई शिवम् अधिकारीले पटकथा र संवादमा ढालिरहेका छन् ।

चलचित्र विकास बोर्डमा शीर्षक दर्ता भइसकेको छ भने स्क्रिप्टको काम अन्तिम चरणमा पुगेको टंक बताउँछन् । सबै प्राविधिक तयारी पूरा गरी आगामी वैशाखदेखि सुटिङ सुरु गर्ने योजना छ । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुति रहने यस फिल्मलाई विष्णुमाया मैनालीले लगानी गर्दैछिन् । “अघिल्लो फिल्ममा देखिएका सानातिना कमजोरीहरूलाई सुधार्दै यसपटक अझ परिपक्व र हृदयस्पर्शी कथा पस्कने प्रयासमा छौँ,” बुढाथोकीले आफ्नो योजना सुनाए ।

अगाडिकाे पाेस्ट

त्रिशलापछि आशिफ शाहले पनि फिर्ता लिए रास्वपाको समानुपातिक उम्मेदवारी

अर्काे पाेस्ट

प्रदीप खड्का भन्छन्, ‘सन्तोष सेनसँग कुरा भयो, अर्को फिल्म गर्ने सल्लाह हुँदैछ’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’
कलिउड न्युज

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

✍ परिकला न्यूज
बैशाख २०, २०८३ मा प्रकाशित
0

...

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana