
इटहरी/ नेपाली पप र आधुनिक संगीतका ‘लेजेन्डरी’ गायक तथा संगीतकार दीपक बज्राचार्य फेरि एकपटक फरक शैलीमा देखिने भएका छन् । तीन दशक लामो सफल सांगीतिक यात्रा तय गरिसकेका दीपकले बदलिँदो समय र प्रविधिलाई आत्मसाथ गर्दै नयाँ सांगीतिक प्रोजेक्ट ‘आउटडोर सेसन’ को घोषणा गरेका छन् ।
अहिलेको समयमा एल्बम निकाल्ने पुरानो ट्रेन्ड हराउँदै गएकाले, दर्शकको चाहना र बजारको मागलाई ध्यानमा राख्दै उनले यो नयाँ ‘प्याकेज’ सुरु गरेका हुन् । यसअन्तर्गत उनले तयार पारेका गीतहरूलाई एउटा श्रृङ्खलाबद्ध रूपमा सार्वजनिक गर्ने योजना बनाएका छन् । हेर्नुस् भिडियो ।
यस अभियानको पहिलो कोसेलीका रूपमा ‘हजार हजारमा’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा दीपकको आफ्नै संगीत र एरेन्ज रहेको छ भने शब्द रुपेश बास्कोटाले कोरेका हुन् । गीतले बजारमा सकारात्मक प्रतिक्रिया पाउन थालिसकेको छ । अब दर्शकले लामो समय कुर्नु पर्ने छैन, केही दिनको अन्तरालमै नयाँ-नयाँ गीतहरू रिलिज हुनेछन् ।
@parikalanewsofficial
हरेक गीतमा दीपक बज्राचार्यको सिग्नेचर स्टाइलसँगै नयाँ सांगीतिक प्रयोग सुन्न पाइनेछ । अर्को नयाँ गीत पनि रिलिजको अन्तिम तयारीमा रहेको र छिट्टै सार्वजनिक गरिने गायकले जानकारी दिएका छन् । वर्षौंदेखि नेपाली संगीतमा गुणस्तरीय सिर्जना पस्किँदै आएका दीपक बज्राचार्यको यो ‘आउटडोर सेसन’ ले नेपाली सुगम संगीतमा नयाँ इँट्टा थप्ने विश्वास गरिएको छ ।















Discussion about this post