Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘कुमारी’को ‘डोको बुन्ने’ गीतमा झल्कियो मौलिक प्रेम

✍ परिकला न्यूज
पुस १८, २०८२ मा प्रकाशित
फिल्म ‘कुमारी’को ‘डोको बुन्ने’ गीतमा झल्कियो मौलिक प्रेम

इटहरी/ प्रेम कथानक फिल्म निर्देशनमा आफूलाई अब्बल सावित गरिसकेका निर्देशक दिनेश राउत फेरि एकपटक दर्शकलाई प्रेमको गहिराइमा डुबाउन तयार भएका छन् । ‘प्रसाद’ र ‘पुजार सार्की’ जस्ता गम्भीर सामाजिक विषयका फिल्मपछि राउतले आफ्नै ‘सिग्नेचर स्टाइल’मा फर्किएर निर्माण गरेको फिल्म ‘कुमारी’को लोक-पप शैलीको नयाँ गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ ।

काठमाडौको वान सिनेमाजमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो गीतले नेपाली समाजको मौलिक प्रेमकथालाई पुरानै शैलीमा प्रस्तुत गरेको छ । यो फिल्ममार्फत नेपाली फिल्म क्षेत्रले दुई नयाँ प्रतिभा अबिषेक खड्का र आकृति राजभण्डारीलाई मुख्य भूमिकामा पाएको छ । सार्वजनिक गीतको भिडियोमा यी दुईको केमेस्ट्री निकै सुहाउँदो देखिएको छ । अभिनेत्री आकृतिले राम्रो टिम र स्क्रिप्टकै कारण आफूले ‘कुमारी’ बाट डेब्यु गर्ने निर्णय लिएको बताइन् ।

यस्तै अभिनेता अबिषेकले आफ्नो बाल्यकालदेखिको अभिनयको सपना यस फिल्ममार्फत पूरा भएकोमा उत्साह व्यक्त गरे । यता निर्देशक दिनेश राउत भन्छन्, “मैले ‘आई एम सरी’ देखि ‘क्लासिक’ सम्म धेरै प्रेमकथाहरू बनाएँ । बीचमा सामाजिक विषयमा काम गरे पनि मेरो मन भने प्रेमकथामै बढी रमाउँछ । ‘कुमारी’ मेरो त्यही प्रिय विधाको उत्कृष्ट पुनरागमन हो ।” हेर्नुस् भिडियो ।

यो फिल्मको गीतहरूमा केहर सिं लिम्बु र सुमन तामाङको सुमधुर स्वर र संगीत सुन्न सकिन्छ भने शब्द सागर लामिछाने मगर र सुमन तामाङको रहेको छ । फिल्ममा नृत्य निर्देशकको रुपमा शिशिर खातीले कलात्मक ढंगले कलाकारलाई नचाएका छन् । गीतमा रिकेश गुरुङको उत्कृष्ट साउन्ड डिजाइन रहेको छ ।

@parikalanewsofficial

लेखक विकास सुवेदीको कथा रहेको यस फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् भने कार्यकारी निर्माताको जिम्मेवारी केदार भुसालले सम्हालेका छन् । माघ २३ गते प्रदर्शन हुन लागेको यो फिल्मले विशेषगरी ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको छेको पारेर दर्शकलाई फिल्म हलसम्म तान्ने लक्ष्य राखेको छ । सुसन प्रजापतिको छायांकन, सुप्रीम पराजुलीको सम्पादन रहेको फिल्मलाई डिसीएनमेल काठमाण्डौ र कुवेर सिने डिस्ट्रीब्युशनले काठमाण्डौ बाहिर वितरणको जिम्मा पाएको छ ।

अगाडिकाे पाेस्ट

‘भाइरल गोर्खे’को ट्रेलर रिलिज: टिकटकको नशा र रिल भर्सेस रियल लाइफको कथा

अर्काे पाेस्ट

दीपक बज्राचार्यको सांगीतिक पुनरागमन: ‘आउटडोर सेसन’ मार्फत फेरि दर्शक माझ आउँदै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा
कलिउड न्युज

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक
कलिउड न्युज

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana