Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘भाइरल गोर्खे’को ट्रेलर रिलिज: टिकटकको नशा र रिल भर्सेस रियल लाइफको कथा

✍ परिकला न्यूज
पुस १७, २०८२ मा प्रकाशित
‘भाइरल गोर्खे’को ट्रेलर रिलिज: टिकटकको नशा र रिल भर्सेस रियल लाइफको कथा

इटहरी/ पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको ‘भाइरल’ हुने मोह र सामाजिक सञ्जालको प्रभावलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको फिल्म ‘भाइरल गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी माघ १ गते अर्थात माघे संक्रान्तिबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको ३ मिनेट ५५ सेकेन्ड लामो ट्रेलरले दर्शकमाझ कौतुहलता जगाएको छ ।

बुधबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले फिल्मको मूल मर्मलाई प्रष्ट पारेको छ । फिल्मका मुख्य पात्र सौगात मल्ल (गोर्खे) एक्सन स्टार शिव श्रेष्ठ जस्तै चर्चित बन्ने सपना देख्छन् । भाइरल हुनका लागि टिकटकमा अनौठा र जोखिमपूर्ण हर्कत गर्ने उनको बानीले उनलाई सञ्जालमा त चर्चित बनाउँछ, तर वास्तविक जीवनका भोगाइ र चुनौतीहरू भने निकै फरक हुन्छन् । हेर्नुस् ट्रेलर ।

ट्रेलरमा सौगात र अभिनेत्री सृष्टि श्रेष्ठको जोडीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । निर्देशक निगम श्रेष्ठले यसपटक समाजको समसामयिक विषयलाई पर्दामा उतारेका छन् । ‘छड्के’ र ‘लालपूर्जा’ जस्ता फिल्म निर्देशन गरिसकेका श्रेष्ठ भन्छन्, “यो घरघरको कथा हो । रिल लाइफ र रियल लाइफ बीचको अन्तरविरोधलाई हामीले फिल्ममा प्रस्तुत गरेका छौँ । दर्शकले यसमा आफ्नै समाजको प्रतिविम्ब पाउनुहुनेछ ।”

फिल्ममा सौगात र सृष्टिका साथै चर्चित कलाकारहरूको जम्बो टोली देख्न सकिन्छ । बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र ‘मिस पवी’को यो फिल्ममा प्रमुख अभिनय रहेको छ ।

@parikalanewsofficial

फिल्मलाई अमर महर्जनले लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनका आकर्षक स्थानमा खिचेका हुन । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलले निर्माण गरेको फिल्मका निर्माताहरू: अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर रहेका छन् । सामाजिक सञ्जालको होडबाजीले मानिसको निजी जीवनमा कस्तो प्रभाव पार्छ भन्ने गम्भीर प्रश्न उठाउँदै फिल्मले मनोरञ्जन र सन्देश दुवै दिने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

‘बुगीवुगी’ क्वीन कविता नेपाली अब ठूलो पर्दाको ‘एरियल कमान्डो’

अर्काे पाेस्ट

फिल्म ‘कुमारी’को ‘डोको बुन्ने’ गीतमा झल्कियो मौलिक प्रेम

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana