
इटहरी/ चर्चित लोक दोहोरी गायिका ज्योति मगर आफ्नो गायकी र स्टेज पर्फमेन्सका कारण सधैं चर्चाको केन्द्रमा रहन्छिन् । उनको डबलअर्थि उत्तेजक अनि बोल्ड अभिव्यक्ति र पहिरनका कारण उनका आलोचक र प्रसंशक दुवै बराबर दर्शक छन् । तर, हालै बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनीको मञ्चमा एउटा यस्तो दृश्य देखियो, जसले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।
बुटवलको उक्त मेलामा ज्योति मगर आफ्नो ‘बोल्ड’ अन्दाजमा दर्शकलाई आफ्ना कुरा भन्दै थिइन् । सोही क्रममा गायक बद्री पंगेनी अचानक एउटा पछ्यौरी लिएर स्टेजमा पुगे । उनले दर्शकदीर्घाको ध्यान तान्दै ज्योतिको कम्मरमा त्यो पछ्यौरी बेरिदिए । पछ्यौरी बेरिदिएपछि बद्री पंगेनीले कुनै प्रतिक्रिया दिएनन् र उनी मौन रहँदै स्टेजबाट बाहिरिए ।

तर त्यसपछिको ज्योतिको जवाफले भने त्यहाँ उपस्थित दर्शकलाई मौन रहन दिएन । पछ्यौरी बेरिएलगत्तै ज्योतिले माइकबाटै “दाईले यत्ति भएपनि छुन पाउनुभो है, नत्र अहिलेसम्म कुनै केटाले छोको थिएन है फेरि। यति भएसी आजदेखि म कुमारी रहिन कि जस्तो लाग्यो मलाई।” भनेपछि हुटिङ हान्नेको लहर नै चल्यो । ज्योतिको यो भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भिडियो क्लिप्सहरू भाइरल भइरहेका छन् ।
@parikalanewsofficial
धेरैले यसलाई ज्योतिको तिखो व्यङ्ग्य र ठट्यौली स्वभावका रूपमा लिएका छन् भने कतिपयले यसलाई मञ्चमा बोलिएको अमर्यादित भाषा भन्दै आलोचना समेत गरेका छन् । सधैं सामाजिक र सन्देशमूलक गीत गाउने छवि बनाएका बद्री पंगेनीले ज्योतिको यो कडा प्रतिक्रियामा कुनै जवाफ नफर्काई स्टेज छोड्नुलाई धेरैले उनको ‘शालीनता’ भनेर प्रशंसा गरेका छन् । यसअघि पनि ज्योति मगरका पहिरन र स्टेजमा दिइने अभिव्यक्तिहरू विवादमा पर्ने गरेका थिए ।















Discussion about this post