Saturday, March 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बागलुङ महोत्सवमा गायिका समीक्षा अधिकारीमाथि मानसिक दुर्व्यवहार

✍ परिकला न्यूज
पुस १६, २०८२ मा प्रकाशित
बागलुङ महोत्सवमा गायिका समीक्षा अधिकारीमाथि मानसिक दुर्व्यवहार

इटहरी/ चर्चित गायिका समीक्षा अधिकारी फेरि एकपटक स्टेज कार्यक्रममा दुर्व्यवहारको शिकार बनेकी छिन् । बागलुङ महोत्सवको सांगीतिक माहोलमा आफ्नो प्रस्तुति दिइरहेकी अधिकारीमाथि दर्शकदीर्घाबाट एक युवकले व्यक्तिगत जीवनलाई लिएर निरन्तर प्रहार गरेपछि उनले जवाफ फर्काउन बाध्य भइन् ।

महोत्सवको माहोल तातिरहेका बेला समीक्षा आफ्ना चर्चित गीतहरू गाउँदै थिइन् । सोही क्रममा दर्शकदीर्घामा रहेका एक पुरुषले उनको विगतको विवादलाई कोट्याउँदै “पल शाह खै ?” भन्दै चर्को स्वरमा हुटिङ गर्न थाले । सुरुमा समीक्षाले ती युवकको टिप्पणीलाई वास्ता नगरी आफ्नो गायनलाई निरन्तरता दिने प्रयास गरिन् ।

तर, ती युवकले एकपछि अर्को गर्दै बारम्बार सोही प्रश्न दोहोर्‍याइरहेपछि समीक्षाले धैर्यता गुमाइन् । सार्वजनिक भएको भिडियोमा समीक्षाले ती युवकलाई नम्र तर कडा शब्दमा प्रतिप्रश्न गरेको देखिन्छ । उनले “तिम्रो दाई हो पल शाह ?” भनेर प्रश्न गर्दै “मलाई नै हेर्न आउने अनि हेर हेर ! ” भन्दै सरल भाषामा जवाफ फर्काएको देखिन्छ ।

@parikalanewsofficial

यस घटनाको सबैभन्दा बिझाउने पक्ष भनेको आयोजकको लाचारीपन देखिएको छ । कलाकारमाथि प्रत्यक्ष रुपमा मानसिक र मौखिक दुर्व्यवहार भइरहँदा पनि स्टेज र दर्शकदीर्घामा खटिएका सुरक्षाकर्मी र आयोजक टोली ‘मूकदर्शक’ बनेर बसेको भिडियोमा प्रस्ट देखिन्छ । कलाकारको सुरक्षा र सम्मान कायम राख्नुपर्ने आयोजकले घटनालाई सामान्य रुपमा लिँदा सामाजिक सञ्जालमा उनीहरूको तीव्र आलोचना भइरहेको छ ।

यो भिडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल दुई धारमा बाँडिएको छ । धेरैले कलाकारको व्यक्तिगत जीवन र पेशालाई मिसाउनु गलत भएको भन्दै समीक्षाको साहसको प्रशंसा गरेका छन् । केहीले भने अझै पनि उनलाई पुरानै घटनाको आधारमा ट्रोल गरिरहेका छन्, जसले नेपाली समाजमा महिला कलाकारप्रति हेर्ने दृष्टिकोण अझै संकुचित रहेको दर्शाउँछ । सांगीतिक क्षेत्रमा छोटो समयमै नाम कमाएकी समीक्षाले पटक-पटक यस्ता दुर्व्यवहार झेल्दै आएकी छिन् । तर, सार्वजनिक महोत्सवहरूमा कलाकारको सुरक्षा र मर्यादासम्बन्धी मापदण्ड नहुँदा यस्ता घटना दोहोरिने गरेका छन् ।

अगाडिकाे पाेस्ट

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

अर्काे पाेस्ट

बद्री पंगेनीले कम्मरमा पछ्यौरी बेरिदिएपछि ज्योति मगरले किन भनिन्: आजदेखि म कुमारी रहिन ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana