इटहरी/ कहिले सुमधुर स्वरमा गीत गाएर दर्शकको मन जित्ने, त कहिले बिरामीको नाडी छाम्दै उपचार गर्ने डा. त्रिशला गुरुङका यी दुई परिचयमा अब अर्को नयाँ र गहकिलो परिचय थपिने संकेत देखिएको छ । ‘उज्यालो नेपाल पार्टी’ले आगामी संसदीय लडाइँका लागि डा. गुरुङलाई आफ्नो समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको छ ।
पार्टीले डा. गुरुङलाई केवल ‘सेलिब्रेटी फेस’का रूपमा मात्र होइन, स्वास्थ्य क्षेत्रको विकृति चिर्न सक्ने एक विज्ञका रूपमा अघि ल्याएको दाबी गरेको छ । ग्रामीण भेगमा डाक्टर नभेटिने, उपचारका नाममा सर्वसाधारणको घरखेत सकिने र सरकारी बजेट बालुवामा पानी हुने प्रवृत्तिका विरुद्ध संसदमा नीतिको लडाइँ लड्न डा. गुरुङको उम्मेदवारी अपरिहार्य ठानिएको छ ।
@parikalanewsofficial
“स्वास्थ्य सेवा दया होइन, नागरिकको अधिकार हो” भन्ने मान्यता बोकेकी डा. त्रिशलाले कला र चिकित्सा विज्ञानको अनुभवलाई मिसाएर संसदमा सुशासनको नयाँ बहस छेड्ने प्रतिबद्धता जनाएकी छिन् । के सांगीतिक मञ्चमा जस्तै संसदीय रोष्ट्रममा पनि उनको प्रस्तुति दमदार होला त ? यो हेर्न बाँकी नै छ ।
















Discussion about this post