Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

✍ परिकला न्यूज
पुस १४, २०८२ मा प्रकाशित
विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

इटहरी/ प्रदर्शनको संघारमा रहेको नेपाली फिल्म ‘बिगुल’ ले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिँदै एक ओजपूर्ण गीत सार्वजनिक गरेको छ । आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ‘आउ यस्तो देश बनाऔं’ बोलको गीतमा देशप्रेम र परिवर्तनको हुन्कार सुन्न सकिन्छ ।

आगामी माघ ९ गतेलाई प्रदर्शन मिति लक गरेको यस फिल्मको सार्वजनिक गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द रचना र संगीत रहेको छ भने ‘राई इज किङ’ अर्थात् राजेश पायल राईले यसमा आवाज दिएका छन् ।

सार्वजनिक भिडियोमा फिल्मका प्रमुख कलाकारहरूलाई राष्ट्रिय झन्डासहित सुशासन, विकास र शान्तिको सन्देश बोकेर घरदैलो अभियानमा हिँडेको देखाइएको छ । देश आम निर्वाचनको तयारीमा जुटिरहेको वर्तमान समयसँग मेल खाने गरी तयार पारिएको यो भिडियोले ठ्याक्कै चुनावी माहौलको झल्को दिन्छ । निर्माण पक्षले यस गीतमा आम जनताको आवाज मुखरित भएको दाबी गरेको छ । हेर्नुस् भिडियो ।

फिल्मका निर्देशक रमेश कोइरालाले ‘बिगुल’ लाई भुइँमान्छेको कथा र समृद्ध नेपालको परिकल्पना भनेका छन् । उनले भने, ‘‘देशको समसामयिक घटनाक्रम र राजनीतिक विषयवस्तुमा आधारित भए तापनि यो पूर्ण व्यावसायिक मनोरञ्जनात्मक फिल्म हो । हामीले समाज जागरणको सन्देशसँगै भरपुर मनोरञ्जन पस्किएका छौँ ।’’ फिल्मलाई ‘जेन्जी’ आन्दोलनप्रति समर्पित गरिएको बताइएको छ ।

दिनेश कोइरालाको कथा र निर्माण तथा कल्पना पौडेलको प्रस्तुति रहेको यस फिल्ममा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ । प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा शिव ढकालको छायाङ्कन, एनवी महर्जनको द्वन्द्व र कविराज गहतराज तथा कमल राईको नृत्य निर्देशन रहेको छ ।

@parikalanewsofficial

गीतमा विश्वप्रकाश शर्माका अलावा अर्जुन पोखरेल र मनोज चौलागाईंको पनि संगीत सुन्न सकिन्छ । म्याग्नोलिया ग्रुपको ब्यानरमा बनेको यो फिल्मलाई काफिया फिल्म्स् (उपत्यका) र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्ट (मोफसल) ले वितरण गर्दैछन् । यसअघि सार्वजनिक पोस्टर र टिजरले पनि दर्शकको राम्रो साथ पाएको थियो ।

अगाडिकाे पाेस्ट

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

अर्काे पाेस्ट

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’
कलिउड न्युज

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

✍ परिकला न्यूज
बैशाख २०, २०८३ मा प्रकाशित
0

...

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana