Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘द ब्ल्यु लाइट’मा कार्यकारी निर्माताको रुपमा जोडिईन् अभिनेत्री बेनिशा हमाल

अब हमालले यही फिल्मबाट फिल्महरुको डिजिटल राइट्स खरिद सुरु गर्ने

✍ परिकला न्यूज
पुस १०, २०८२ मा प्रकाशित
फिल्म ‘द ब्ल्यु लाइट’मा कार्यकारी निर्माताको रुपमा जोडिईन् अभिनेत्री बेनिशा हमाल

इटहरी/ अभिनेत्री बेनिशा हमालले अभिनयसँगै अब फिल्म व्यवसायको नयाँ क्षेत्रमा पाइला चाल्ने बताएकी छन् । सन् २०२५ को अन्त्यसँगै उनले आफ्नो कम्पनी ‘मौरी पिक्चर्स’ मार्फत फिल्महरूको डिजिटल अधिकार खरिद तथा व्यवस्थापनको काम सुरु गर्ने घोषणा गरेकी हुन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हमालले यो कदमलाई आफ्नो जीवनको ‘नयाँ सुरुवात’ बताएकी छन् ।

उनको यो व्यवसायिक यात्राको पहिलो पाइलाको रूपमा फिल्म ‘द ब्लु लाइट’ रहनेछ । उनी यस फिल्ममा एक्जिक्युटिभ प्रोड्युसरको रूपमा जोडिएकी छन् । नयाँ यात्राको घोषणा गर्दै अभिनेत्री हमालले लेखेकी छन्, “नयाँ सुरुवात सधैं अलमल र अनिश्चितताले भरिएको हुन्छ, तर त्यससँगै एउटा फरक उत्साह पनि हुन्छ । मलाई थाहा छ, यो यात्रा सजिलो हुनेछैन र रातारात सफलता पनि आउने छैन ।”

@parikalanewsofficial

उनले आफू आशावादी रहेको र यो यात्राले फिल्ममेकिङको क्षेत्रमा अझ अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् । नेपाली फिल्म उद्योगमा लामो समय बिताएको अनुभव संगालेकी बेनिशाले अब फिल्ममार्फत उद्योगलाई योगदान दिनु आफ्नो दायित्व ठानेर यो निर्णय लिएको बताएकी छन् ।
नयाँ चुनौतीहरू आउने भए पनि दर्शक तथा शुभचिन्तकहरूको माया, समर्थन र प्रोत्साहनको अपेक्षा गरेको उनले उल्लेख गरेकी छन् ।

आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म द ब्ल्यु लाइटको आज अफिसियल टिजर बेनिसाकै कम्पनी मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनीक हुँदैछ ।

बलिराम चौहानद्वारा निर्देशित ‘द ब्ल्यू लाइट’मा अर्पण थापा, महेश त्रिपाठी, आयुशमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । यो फिल्मको बाल कलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यो फिल्मका को–प्रोड्युसर रमन ग्रे हुन् ।

फिल्मको सिनेमाटोग्राफी नरेन्द्र मैनालीले गरेका छन् भने आकाश उखेडा मुख्य सहायक निर्देशक हुन् । रेलिजा श्रेष्ठले प्रोडक्सन डिजाइनको कार्य सम्हालेकी छन् भने निर्माण नियन्त्रकमा दिलीप पन्त छन् । रहस्य, मनोवैज्ञानिक तनाव र मौनतामा लुकेका कथा खोज्ने दर्शकका लागि ‘द ब्ल्यू लाइट’ एउटा प्रतिक्षित फिल्मको रुपमा उभिएको छ ।

अगाडिकाे पाेस्ट

स्क्यामरलाई नै चकित पार्ने स्वस्तिमाको जवाफ, किन भनिन् ५० हजार माग्नेलाई ७० हजार पठाउँछु ?

अर्काे पाेस्ट

‘द ब्ल्यू लाइट’ टिजर: जहाँ प्रेम अन्त्य हुन्छ र सुरु हुन्छ प्रतिशोधको ‘साइकोलोजिकल’ युद्ध

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana