Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

आकाश, स्वस्तिमा, केकी र साम्राज्ञीको नाम र तस्वीर प्रयोग गरेर ह्वाट्सएप र भाइबरमा ठगी प्रयास

✍ परिकला न्यूज
पुस ९, २०८२ मा प्रकाशित
आकाश, स्वस्तिमा, केकी र साम्राज्ञीको नाम र तस्वीर प्रयोग गरेर ह्वाट्सएप र भाइबरमा ठगी प्रयास

इटहरी/ पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै नेपाली कलाकारहरूको नाममा ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ । विशेष गरी ह्वाट्सएप तथा भाइबर जस्ता म्यासेजिङ एपहरूमा चर्चित नेपाली सेलिब्रेटीहरूको नाम र तस्बिर राखेर पैसा माग्ने क्रम बढेपछि कलाकारहरूले गम्भीर आपत्ति जनाएका छन् ।

आफ्नो पहिचान दुरुपयोग गरी साथीभाइ तथा शुभचिन्तकहरूसँग रकम मागिएको जानकारी पाएपछि अभिनेत्रीहरू केकी अधिकारी, स्वस्तिमा खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता आकाश श्रेष्ठले सामाजिक सञ्जालमार्फत सबैलाई सचेत रहन आग्रह गरेका हुन् । उनीहरूले ठगी गर्न खोजिएको च्याटको ‘स्क्रिनसट’ नै सार्वजनिक गर्दै यस्ता भ्रामक सन्देशको विश्वास नगर्न अनुरोध गरेका छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई जोडेर पैसा माग्ने गिरोह सक्रिय रहेको भन्दै फेसबुकमा स्क्रिनसट सहित लेखेकी छन्, “सावधान…! मेरो नामको दुरुपयोग गर्दै मेरा नजिकका साथीहरूलाई WhatsApp/Viber मा पैसा माग्दै गरेको भेटिएको हुनाले त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु।” स्वस्तिमाले सार्वजनीक गरेको स्क्रीनसटमा त उनले उल्टै स्क्यामर नै छक्क पर्ने रिप्लाई गरेको देखिन्छ । उनलाई आफू देश भन्दा भइरहेको समस्या देखाएर ५० हजार सापटी मागिएको छ । तर, स्वस्तिमाले आफ्नो बैंक एकाउन्ट एक्टिभ गर्न २० हजार आवश्यक परेको र सो रकम हाल्दिनु र बरु त्यसपछि आफूले ७० हजार दिने जवाफ फर्काएकी छन् । स्वस्तिमाको सो रिप्लाइलाई धेरैले राम्रो जवाफ फर्काएको भनेर कमेन्टमा प्रतिक्रिया दिएका छन् ।

@parikalanewsofficial

यस्तै, अभिनेत्री केकी अधिकारीले पनि आफ्नो नाम र तस्बिरको दुरुपयोग भएको भन्दै कानुनी कारबाहीको चेतावनी दिएकी छन् । उनले लेखेकी छन्, “मेरो नाम र तस्वीरको दुरुपयोग गरि Viber/WhatsApp मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको छ । यो कार्य कानुनी रुपमा पनि दण्डनिय छ । र सम्पूर्णलाई सजक रहन हार्दिक अनुरोध गर्दछु।”

अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो इन्स्टाग्राम स्टोरीमा फेक अकाउन्टको स्क्रिनसट राख्दै स्पष्टीकरण दिएकी छन् । उनले लेखेकी छन्, “सबैजना, यो म होइन !! यो ठगीमा नफस्नुहोला !!”

यसैगरी, अभिनेता आकाश श्रेष्ठले प्रविधिको दुरुपयोगका घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले एक नम्बरबाट आफ्नो नाममा आर्थिक सहयोग मागिएको बताउँदै भनेका छन्, “यदि कसैलाई यस्ता किसिमका सन्देशहरू प्राप्त भएमा कृपया सतर्क रहनुहोला र कुनै प्रतिक्रिया नदिनुहोला, किनकि ती पूर्ण रूपमा भ्रामक तथा नक्कली हुन् ।”

कलाकारहरुले सार्वजनीक गरेको क्रिनसटमा विभिन्न कारण देखाउँदै २५/३० हजार देखि ५० हजार सम्म पैसा मागिएको छ । कलाकारहरूले आफ्नो आधिकारिक सामाजिक सञ्जाल बाहेक अन्य अपरिचित नम्बर वा अकाउन्टबाट आउने शंकास्पद सन्देशहरूको जवाफ नदिन र आर्थिक कारोबार नगर्न आफ्ना फ्यान तथा आफन्तहरूलाई विशेष आग्रह गरेका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘गोबर गणेश’को शीर्ष गीतमा देखिए बल्छी र वर्षा

अर्काे पाेस्ट

स्क्यामरलाई नै चकित पार्ने स्वस्तिमाको जवाफ, किन भनिन् ५० हजार माग्नेलाई ७० हजार पठाउँछु ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana