इटहरी/ एकै प्रकृतिका कथावस्तुमा रुमल्लिएको नेपाली फिल्म बजारमा फरकपनको आभास दिलाउने दाबीसहित फिल्म ‘बिगुल’ ले आफ्नो सांगीतिक प्रचार सुरु गरेको छ । आगामी माघ ९ गतेलाई प्रदर्शन मिति तय गरेको यस सामाजीक–राजनीतिक ड्रामाले सोमबार ओएसआर डिजिटलमार्फत आफ्नो शीर्ष गीत दर्शकमाझ ल्याएको हो ।
सार्वजनिक ‘मरुभूमिमा पानीजस्तै’ बोलको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने गायक युवराज चौलागाई र गायिका अनु चौधरीले स्वर भरेका छन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू बेनीशा हमाल र नरेन खड्काको केमेस्ट्रीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
पछिल्लो समय फिल्महरूमा एकै खाले बिषयवस्तुको बाहुल्यता देखिइरहदा ‘बिगुल’ ले भने राजनीति, परिवार, समाज, सम्बन्ध र मनोरञ्जनको एकमुष्ट प्याकेज पस्कने निर्माण पक्षको भनाइ छ । यसअघि सार्वजनिक फर्स्टलुक र टिजरले दर्शकको ध्यान तान्न सफल भइसकेको यो फिल्म रमेश कोइरालाको निर्देशनमा तयार भएको हो । फिल्मको कथा निर्माता समेत रहेका दिनेश कोइरालाले लेखेका हुन् । हेर्नुस् भिडियो ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा बेनीशा र नरेनका अलावा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकारहरूको अभिनय हेर्न पाइनेछ । फिल्ममा रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
@parikalanewsofficial
फिल्मको पटकथा तथा संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले तयार पारेका हुन् । प्राविधिक पक्षतर्फ शिव ढकालको छायांकन, एनवी महर्जनको द्वन्द्व निर्देशन तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । फिल्ममा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन देख्न सकिन्छ । संगीततर्फ भने विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंले सहकार्य गरेका छन् । सूर्यकान्त कोइराला र महेश कोइराला सह–निर्माता रहेको ‘बिगुल’ लाई काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्ने जिम्मा लिएका छन् ।















Discussion about this post