Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘झरी पछिको इन्द्रेणी’ले मन्त्री गुप्तादेखि मेयर बालेनसम्मको मन जित्यो

✍ परिकला न्यूज
पुस ७, २०८२ मा प्रकाशित
फिल्म ‘झरी पछिको इन्द्रेणी’ले मन्त्री गुप्तादेखि मेयर बालेनसम्मको मन जित्यो

इटहरी/ देशको वर्तमान अवस्था, राजनीतिक अस्थिरता र एक इमानदार बुवाको संघर्षलाई जीवन्त रूपमा पर्दामा उतार्न सफल फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले प्रदर्शनको तेस्रो दिनमा दर्शकलाई अर्को सांगीतिक उपहार दिएको छ । गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले हलमा दर्शकको साथ र ‘भिआइपी’ सेलिब्रेटीहरूको वाहवाही बटुलिरहेकै समयमा निर्माण टिमले आइतबार नयाँ गीत सार्वजनिक गरेको हो ।

हलमा औसत दर्शकको उपस्थिति भइरहँदा फिल्मको कथावस्तुसँग जोड्ने र आकर्षण अझ थप्ने उद्देश्यले ‘जब फर्किन्छु घर’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक नयाँ गीतमा चर्चित गायक हेमन्त रानाको स्वर सुन्न सकिन्छ भने शब्द गणेश कार्की र संगीत संयोजन मनोज थापा मगरको रहेको छ । भिडियोमा फिल्मका प्रमुख कलाकारहरू विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवालको अभिनय समेटिएको छ ।

यो गीतले फिल्मको भावनात्मक पक्षलाई उजागर गर्दै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माण पक्षको छ । फिल्मले रिलिजको छोटो समयमै विशिष्ट व्यक्तित्वहरूको ध्यान तानेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, महानगर प्रहरी प्रमुख राजु पाण्डे र जेनजी नेता सुदन गुरुङ लगायतले हलमै पुगेर फिल्म हेरेका छन् ।

@parikalanewsofficial

फिल्म हेरिसकेपछि उनीहरूले यो फिल्मले नेपालको हालको अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेको भन्दै तारिफ गरे । उनीहरूको प्रतिक्रिया थियो, “यो फिल्म सन्देशमूलक छ र हरेक नेपालीले हेर्नैपर्ने बनेको छ ।” अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा बनेको फिल्मका कलाकारहरू गणेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, प्रियाना आचार्य ‘मुन्नी’, विमोचन, जेसिका आदि काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

दर्शकहरूले फिल्म उत्कृष्ट बनेको भन्दै निर्माण टिमलाई हौसला प्रदान गरेका छन् । यो फिल्म विशेष दुई कारणले पनि चर्चामा छ । पहिलो, अभिनेता गणेश उप्रेतीको ९ वर्षपछिको ‘कमब्याक’, जसले पुरानो पुस्ताका दर्शकलाई लोभ्याएको छ । दोस्रो, नयाँ प्रतिभाको उदय । निर्देशक घिमिरेकै कथा रहेको यो फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् ।

जेसिका वरिष्ठ अभिनेत्री दीपाश्री निरौलाकी भान्जी (बहिनीकी छोरी) हुन् । साथै, एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाको विशेष प्रस्तुति पनि छ । नागराज इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा अनिशा सेन्दाङ लिम्बूले निर्माण गरेको यो फिल्मले जनताको आक्रोश र नयाँ पुस्ताको आकांक्षालाई मुख्य विषय बनाएको छ । फिल्ममा बुद्ध थापाको छायांकन छ भने पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् ।

अगाडिकाे पाेस्ट

दोश्रो संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल पूर्बेलि’का ३९ प्रतिष्पर्धीको फोटोसुट सम्पन्न

अर्काे पाेस्ट

‘मिरमिरे’को शिर्ष गीत रिलिज: सिर्जनाका लागि दयाहाङ र प्रकाशको प्रेम झल्कियो

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana