इटहरी/ बुलन्द आवाज र समसामयिक विषयवस्तुमा खरो उत्रने गायक रमेश प्रसाईंले सांगीतिक क्षेत्रमा एउटा नौलो प्रयास गरेका छन् । यसले उनी भर्सटायल छन् भन्ने पुष्टि हुन्छ । प्रायः सुगम संगीत र लोक लयमा सुनिने प्रसाईं यसपटक भने ‘र्याप’ शैलीमा प्रस्तुत भएका छन् । प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा गायक प्रसाईंको नयाँ गीत ‘जेनजी र्याप’ सार्वजनिक भएको हो ।
गीतको शब्द र स्वर स्वयम् रमेश प्रसाईंको रहेको छ । पछिल्लो समय ‘जेनजी’ पुस्ताले देश परीवर्तनका लागि अंगीकार गरेको शैलीलाई मुख्य विषयवस्तु बनाइएको यो गीतमा गायकले मिश्रित प्रतिक्रिया जनाएका छन् । उनले नयाँ पुस्ताको परिवर्तनलाई केवल प्रशंसा मात्र गरेका छैनन्, सँगसँगै रचनात्मक सुझाव र केही गम्भीर प्रश्नहरू समेत तेर्स्याएका छन् । हेर्नुस् भिडियो ।
सार्वजनिक स्टुडियो भर्सनको भिडियोमा गायक प्रसाईं कुर्सीमा बसेर जोसका साथ र्याप हान्दै गरेको मुडमा देखिएका छन् । उनको यो भिन्न शैलीले दर्शक तथा स्रोतालाई पक्कै पनि सरप्राइज दिएको छ । सुष्मा गुरागाईं निर्माता रहेको यस गीतको संगीत संयोजन रिदम कँडेलले गरेका हुन् । गीतमा भास्कर स्वारले गितारमा साथ दिएका छन् भने कोरस भोकलमा किरण भुसाल, भास्कर स्वार र ऋसब खतिवडा रहेका छन् ।
@parikalanewsofficial
भिडियोको छायांकन पवन सुस्लिङले गरेका हुन् । गीतको भिडियोमा विजय सुब्बाको कोरियोग्राफी रहेको छ भने ईश्वर बम, सरोज चौधरी, दीप कैशी र विवेक शाहले नृत्यमा साथ दिएका छन् । त्यस्तै, प्रदीप थापा, सक्षम मगर, समिर महर्जन र नेपाल फिल्म कलेजका विद्यार्थीहरूले सहयोगी कलाकारको भूमिका निर्वाह गरेका छन् ।















Discussion about this post