Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अबिषेक र आकृतिको प्रेमले भरिएको ‘कुमारी’को नयाँ गीत सार्वजनिक

✍ परिकला न्यूज
पुस ५, २०८२ मा प्रकाशित
अबिषेक र आकृतिको प्रेमले भरिएको ‘कुमारी’को नयाँ गीत सार्वजनिक

ईटहरी/ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कुमारी’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘तिमी बिना’ बोलको उक्त गीत केन्द्र मोसन पिक्चर्समार्फत डिजिटल प्रिमियर गरिएको हो । सार्वजनिक गीतमा केहर सिं लिम्बुको सुमधुर स्वर सुन्न सकिन्छ । गीतका शब्द सुमन तामाङले कोरेका हुन् भने सङ्गीत सुमन र केहर स्वयंको रहेको छ । गीतको अडियो प्रोडक्सन तथा मिक्सिङ मास्टरिङ एस्थर रिजनले गरेका छन् ।

सार्वजनीक गीतको ​भिडियोमा फिल्मका मुख्य पात्रहरू नवकलाकार जोडी आकृति राजभण्डारी र अबिषेक खड्का फिचर्ड छन् । उनीहरूको प्रेमिल भाव, आपसी सामिप्यता र उत्साहलाई भिडियोमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक ‘कता छौ मेरो फूल’ गीतले पाएको सफलतापछि यो गीतले पनि दर्शकको मन जित्ने निर्माण पक्षको अपेक्षा छ । हेर्नुस् भिडियो ।

@parikalanewsofficial

पछिल्लो समय ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता गम्भीर सामाजिक कथामा केन्द्रित रहेका निर्देशक दिनेश राउतले ‘कुमारी’ मार्फत पुनः आफ्नो पुरानो विधा ‘लभ स्टोरी’ जनरामा कमब्याक गरेका छन् । ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेम कथानक फिल्म दिएका राउतको यो फिल्मले युवा पुस्तालाई हलसम्म तान्ने विश्वास गरिएको छ । बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको ब्यानरमा निर्माण भएको यस फिल्ममा महेन्द्र अधिकारी निर्माता र केदार भुसाल कार्यकारी निर्माता रहेका छन् ।

@parikalanewsofficial

फिल्ममा अबिषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायतको अभिनय रहेको छ । ​विकास सुवेदीको कथा तथा स्क्रिप्ट रहेको फिल्मलाई सुसन प्रजापतिले छायाङ्कन गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन र कलर ग्रेडिङ रहेको फिल्ममा उत्तम न्यौपानेको साउन्ड डिजाइन छ । फिल्मको वितरण काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले जिम्मा लिएका छन् ।

अगाडिकाे पाेस्ट

५०/५० हजार राशीको कोशी प्रदेशब्यापी ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन’को घोषणा

अर्काे पाेस्ट

सौन्दर्य उद्यमदेखि कोरियोग्राफीसम्म इटहरीकी उर्मिला मगरको छलाङ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स
कलिउड न्युज

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा
कलिउड न्युज

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana