Tuesday, December 30, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘बिगुल’को टिजरमा फिल्ममै नभएको दृश्य राखेको भन्दै अभिनेत्री बेनिशा हमाल आक्रोसित

✍ परिकला न्यूज
पुस १, २०८२ मा प्रकाशित
‘बिगुल’को टिजरमा फिल्ममै नभएको दृश्य राखेको भन्दै अभिनेत्री बेनिशा हमाल आक्रोसित

इटहरी/ आगामी माघ ९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बिगुल’ को टिजर सार्वजनिक भएसँगै विवादमा तानिएको छ । आइतबार सार्वजनिक सवा एक मिनेट लामो टिजरले फिल्मप्रति कौतूहलता बढाउने अपेक्षा गरिए पनि फिल्मकी मुख्य अभिनेत्री बेनिशा हमालले भने निर्माण पक्षको प्रचार शैलीप्रति कडा आपत्ति जनाएकी छन् ।

१४ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री हमालले टिजर सार्वजनिक भएलगत्तै फेसबुकमार्फत आफ्नो असन्तुष्टि पोखेकी हुन् । उनले फिल्ममा हुँदै नभएको दृश्य र विषयवस्तुलाई केवल प्रचारका लागि टिजरमा समावेश गरिएको भन्दै आक्रोश व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, “एक कलाकारको रूपमा म यो उद्योगमा १४ वर्षदेखि काम गर्दै आएको छु… फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति म असहमत छु।”

उनले अगाडि थपेकी छन्, “यदि फिल्ममै नभएको कुनै कुरा केवल प्रचारका लागि टिजरमा देखाइन्छ भने, म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ।” सार्वजनिक भएको टिजरमा देशको वर्तमान राजनीति, देशप्रेम, जिम्मेवारी र ‘जेन्जी’ पुस्ताको आन्दोलनको सन्दर्भलाई प्राथमिकताका साथ देखाइएको छ । रमेश कोइरालाको निर्देशन र दिनेश कोइरालाको निर्माण तथा लेखन रहेको यो फिल्मले राजनीति, परिवार र समाजको कथालाई मनोरञ्जनका साथ प्रस्तुत गर्ने प्रयास गरेको छ । हेर्नुस् टिजर ।

यसअघि ‘मन मनमा’, ‘लीला’ र ‘नीरमाया’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक कोइरालाले फिल्मलाई केवल मनोरञ्जन मात्र नभई विचारको रूपमा पनि हेर्नुपर्ने बताएका छन् । उनले भने, “हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन फिल्मले भूमिका खेल्न सक्छ।” जेन्जी पुस्ताको माग र देश विकासको चाहनासँग मिल्दोजुल्दो कथा भनिएको ‘बिगुल’ मा बेनिशा हमालसँगै नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

@parikalanewsofficial

म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको यस फिल्ममा शिव ढकालको छायांकन, प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । अभिनेत्रीको यो सार्वजनिक बहिष्कार र असन्तुष्टिले फिल्मको प्रचारमा कस्तो असर पार्छ, त्यो भने हेर्न बाँकी नै छ ।

अगाडिकाे पाेस्ट

‘झरिपछिको इन्द्रेणी’: पर्दाका ‘भेट्रान’देखि ‘जेन-जी’सम्मको संगम

अर्काे पाेस्ट

मेयर बालेन शाहको र्‍यापले २४ घण्टामै १ मिलियन भ्युजको रेकर्ड कायम

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार
कलिउड न्युज

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

✍ परिकला न्यूज
पुस १५, २०८२ मा प्रकाशित
0

...

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा
कलिउड न्युज

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

✍ परिकला न्यूज
पुस १५, २०८२ मा प्रकाशित
0

...

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

पुस १३, २०८२ मा प्रकाशित
मनपर्ने गायिकालाई भेट्दा फ्यानको थामिएन आँशु, रचना रिमाल भइन् भावुक

मनपर्ने गायिकालाई भेट्दा फ्यानको थामिएन आँशु, रचना रिमाल भइन् भावुक

पुस १३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

पुस १५, २०८२ मा प्रकाशित
गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

पुस १५, २०८२ मा प्रकाशित
विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

पुस १३, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana