Wednesday, December 31, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘झरिपछिको इन्द्रेणी’: पर्दाका ‘भेट्रान’देखि ‘जेन-जी’सम्मको संगम

✍ परिकला न्यूज
पुस १, २०८२ मा प्रकाशित
‘झरिपछिको इन्द्रेणी’: पर्दाका ‘भेट्रान’देखि ‘जेन-जी’सम्मको संगम

इटहरी/ लामो समयदेखि नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका अर्जुन घिमिरे (पाँडे) अब ठूलो पर्दाको फिल्म निर्देशकका रूपमा दर्शकसामु आउँदैछन् । यही पौष ४ गतेदेखि प्रदर्शनमा आउन लागेको उनको डेब्यु निर्देशकीय फिल्म ‘झरिपछिको इन्द्रेणी’लाई नेपाली फिल्म क्षेत्रमा पुस्ताको संगम (फ्युजन)का रूपमा हेरिएको छ । यो फिल्मको सबैभन्दा बलियो पक्ष यसको कास्टिङ हो । फिल्ममा दुई दशकअघि सानो र ठूलो पर्दामा एकछत्र राज गरेका अनुभवी कलाकारदेखि अहिलेका ‘फ्रेस’ अनुहारहरूसम्मको जमघट देख्न सकिन्छ ।

निर्देशक घिमिरेले यसलाई ‘कम्प्याक्ट टिम’को संज्ञा दिएका छन् । विशेषगरी, दुई दशकअघि सानो पर्दामा लोकप्रिय रहेका र ठूलो पर्दामा समेत जमेका अभिनेता गणेश उप्रेती यो फिल्ममार्फत लामो अन्तरालपछि कमब्याक गर्दैछन् । उनी छायांकनका लागि अमेरिकाबाट नेपाल फर्किएका हुन् । साथमा, आफ्नो समयका ‘ठूलो पर्दाका बाघ’ मानिने अभिनेता रमेश उप्रेती र गणेश उप्रेतीको अभिनयको जुगलबन्दी यसमा हेर्न पाइनेछ ।

साथै, सफल निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको उपस्थितिले फिल्मलाई थप वजनदार बनाएको छ । लोकप्रिय टेलिसिरियल ‘सक्किगोनी’ मार्फत घर–घरमा चिनिएका अर्जुन घिमिरे (पाँडे)ले यही फिल्मबाट फिचर फिल्म निर्देशनमा डेब्यु गरेका हुन् । सानो पर्दामा कमेडीका बादशाह मानिने घिमिरेको यो प्रयासमा हास्यरसका साथै गम्भीर सामाजिक मुद्दाको समिश्रण रहने विश्वास गरिएको छ ।

@parikalanewsofficial

‘झरिपछिको इन्द्रेणी’ केवल मनोरञ्जन मात्र नभएर देशको वर्तमान अवस्थाको चित्रण पनि हो । फिल्ममा अहिलेको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको असर र विशेषगरी ‘जेन–जी’ युवापुस्ताको मनोविज्ञानलाई देखाइएको छ । फिल्मकी कलाकार प्रियना आचार्य ‘मुन्नी’ भन्छिन्, ‘‘यसमा युवाहरूको आक्रोश, देशमा सिस्टम नहुँदाको पीडा र भविष्यप्रतिको चिन्ताले विदेशिन बाध्य नेपालीको कथा छ । हामीले कथामा जे देखाउन खोजेका छौं, त्यो अहिले समाजमा भइरहेको ‘जेन-जी प्रोटेस्ट’ सँग मेल खान्छ ।’’

फिल्मबाट अभिनेता विमोचन दवाडी र अभिनेत्री जेसिका पोखरेलले नेपालि फिल्ममा डेब्यु गर्दैछन् । विमोचन आफ्नो मिहिनेत र फिल्मको कथावस्तुले दर्शकको मन जित्नेमा विश्वस्त छन् भने जेसिका यसलाई समसामयिक कथा भन्न रुचाउँछिन् । ‘‘देशमा अहिले जे भइरहेको छ, त्यो हुनुभन्दा अगाडि नै स्क्रिप्ट लेखिएको थियो । सायद टिमलाई भविष्यको अनुमान थियो,’’ जेसिकाले भनिन् ।

नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा प्रकाश घिमिरे, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् भने कथा स्वयं निर्देशक अर्जुन घिमिरेको हो । बुद्ध थापाले छायांकन गरेको फिल्ममा अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेकी छिन् । बाल कलाकार दिप्सन चिलवालको अभिनय तथा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाको विशेष भूमिका रहेको ‘झरिपछिको इन्द्रेणी’ले दर्शकलाई हलसम्म तान्ने निर्माण पक्षको अपेक्षा छ ।

अगाडिकाे पाेस्ट

‘अब अति भयो’ भन्दै भाइरल क्लिप र गालीगलौजपछि कविता नेपालीको आक्रोस

अर्काे पाेस्ट

‘बिगुल’को टिजरमा फिल्ममै नभएको दृश्य राखेको भन्दै अभिनेत्री बेनिशा हमाल आक्रोसित

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार
कलिउड न्युज

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

✍ परिकला न्यूज
पुस १५, २०८२ मा प्रकाशित
0

...

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा
कलिउड न्युज

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

✍ परिकला न्यूज
पुस १५, २०८२ मा प्रकाशित
0

...

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

पुस १३, २०८२ मा प्रकाशित
मनपर्ने गायिकालाई भेट्दा फ्यानको थामिएन आँशु, रचना रिमाल भइन् भावुक

मनपर्ने गायिकालाई भेट्दा फ्यानको थामिएन आँशु, रचना रिमाल भइन् भावुक

पुस १३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

पुस १५, २०८२ मा प्रकाशित
गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

पुस १५, २०८२ मा प्रकाशित
विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

पुस १३, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana