Tuesday, March 3, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

धरानको ‘शिव सिनेमा’अब मल्टिप्लेक्स बन्ने, आगामी वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी

✍ परिकला न्यूज
मंसिर २४, २०८२ मा प्रकाशित
धरानको ‘शिव सिनेमा’अब मल्टिप्लेक्स बन्ने, आगामी वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी

इटहरी/ कोशी प्रदेशको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र मध्येको एक मानिएको धरानमा अत्याधुनिक मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा आउने भएको छ । फिल्म निर्माता तथा निर्देशक रिमेश अधिकारी र सुरज खड्काको समूहले धरानको ऐतिहासिक ‘शिव सिनेमा हल’ लाई आधुनिक स्वरूप दिएर पुनः सञ्चालनमा ल्याउन लागेको हो ।

धरानको चतरालाइनमा अवस्थित करिब १७ कठ्ठा क्षेत्रफलमा फैलिएको पुरानो शिव सिनेमा हलको संरचनालाई नै आधुनिक प्रविधिमैत्री बनाउन लागिएको हो । निर्माण पक्षका अनुसार यो मल्टिप्लेक्समा दुईवटा अडिटोरियम (हल) रहनेछन् । एउटा हलमा २ सय ५० सिट क्षमता र अर्को हलमा १ सय ९० सिट क्षमता रहने हलका सञ्चालक समेत रहेका निर्माता तथा निर्देशक अधिकारीले जानकारी गराए ।

दर्शकहरूलाई विश्वस्तरीय फिल्मको अनुभव दिलाउन हलमा अत्याधुनिक साउन्ड सिस्टम र प्रोजेक्सन प्रविधि जडान गरिनेछ । साथै, हल परिसरभित्रै उच्च स्तरीय रेस्टुरेन्ट र क्याफेको सुविधासमेत उपलब्ध हुने जनाइएको छ । चलचित्र विकास बोर्डबाट सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरी सञ्चालन इजाजत लिइसकेको यस परियोजनाको निर्माण कार्य हाल तीव्र गतिमा भइरहेको छ ।

@parikalanewsofficial

निर्माता तथा निर्देशक अधिकारीले आगामी नयाँ वर्ष अर्थात् २०८३ वैशाख १ गते देखि हल पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जानकारी दिए । धरान नेपाली फिल्मका लागि उर्वर बजार मानिन्छ । कुनै समय नेपाली फिल्मको बक्स अफिसमा राम्रो प्रभाव जमाएको शिव सिनेमा हल वर्षौंदेखि बन्द रहँदा स्थानीय दर्शक र निर्माताहरूलाई अभाव खड्किएको थियो ।

आफ्नै गौरवमय इतिहास बोकेको यो हल पुनः अत्याधुनिक रूपमा सञ्चालनमा आउँदा धरानको फिल्म बजार गुल्जार हुनुका साथै निर्माताहरूलाई पनि ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । यो सँगै अब धरानमा २ ओटा आधुनिक फिल्म हल हुने भएको छ । केहीवर्ष देखि फ्रेन्ड्स सिनेमाले एउटा पर्दा सञ्चालन गरिरहेको छ भने अर्को हल पनि सञ्चालनमा ल्याउने चर्चा छ ।

अगाडिकाे पाेस्ट

अष्ट्रेलिया र न्युजिल्याण्डमा ‘अभिमन्यु’को ऐतिहासिक प्रदर्शन, एक सातामै ५०० भन्दा बढी शो

अर्काे पाेस्ट

संगीत क्षेत्रका नाम चलेका व्यक्तिले सापटी लगेको पैसा फिर्ता नपाएपछि अन्जु पन्तको आक्रोश

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि
कलिउड न्युज

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

✍ परिकला न्यूज
फाल्गुन २०, २०८२ मा प्रकाशित
0

...

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा
कलिउड न्युज

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

...

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित
‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

फाल्गुन १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

फाल्गुन २०, २०८२ मा प्रकाशित
समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

फाल्गुन १८, २०८२ मा प्रकाशित
दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana