इटहरी/ चर्चित गायिका अन्जु पन्तले सांगीतिक क्षेत्रकै एक प्रतिष्ठित व्यक्तिले आफूसँग सापटी लगेको रकम फिर्ता नगरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी छिन् । पन्तले आफ्नो आधिकारिक फेसबुक मार्फत एक स्ट्याटस लेख्दै नेपालको संगीत क्षेत्रमा ‘नाम चलेका’ एक व्यक्तिले १५ दिनमा फिर्ता गर्ने सर्तमा लगेको रकम ५ महिना बितिसक्दा पनि फिर्ता नगरेको गुनासो गरेकी हुन् ।
गायिका पन्तका अनुसार ती व्यक्तिले १५ दिनका लागि भन्दै रकम लगेका थिए । तर, महिनौँ बितिसक्दा पनि रकम फिर्ता गर्नुको साटो ‘भोलि दिन्छु, पर्सि दिन्छु’ भन्दै भाका सार्ने काम मात्र भइरहेको छ । उनले ती व्यक्तिले अझै पनि भाका राख्न नछोडेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।
@parikalanewsofficial
लामो समयसम्म धैर्य गर्दा पनि रकम फिर्ता नभएपछि गायिका पन्तले अब कडा कदम चाल्ने संकेत गरेकी छिन् । उनले ती व्यक्तिको नाम, तस्बिर र भिडियो नै सार्वजनिक गरी कानुनी कारबाहीमा जानुपर्ने बाध्यात्मक अवस्था आउन लागेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, “अब के गरौँ ? नाम, फोटो, भिडियो सार्वजनिक गरी कानुनी कारबाहीमा जानै पर्ने बाध्य होला जस्तो छ । त्यो अवस्था नआओस्।”

यस्तो छ उनको पूरा स्ट्याटस:
(फटाहा) नेपालको संगितक्षेत्रमा नाम चलेका एकजना महासयले १५ दिनमा दिन्छु भनेर लगेको मेरो पैसा भोली दिन्छु पसीं दिन्छु भन्दै भाका राख्दा राख्दै ५ महिना कटिसक्यो अझै भाका राख्न छोडेका छैनन् । आजपनि भाका नै राखेका छन् । अव के गरौँ, नाम,फोटो भिडियो सार्बजनिक गरि कानुनी कारवाहीमा जानै पर्ने बाध्य होला जस्तो छ । त्यो अवश्था नआओस् । के भन्नुहुँछ तपाई हरू??















Discussion about this post