Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘ऊनको स्वीटर’: भारतीय बजार गान्तोकदेखि बैंगलोर र मुम्बईसम्म हाउसफुलको लहर

✍ परिकला न्यूज
मंसिर २३, २०८२ मा प्रकाशित
‘ऊनको स्वीटर’: भारतीय बजार गान्तोकदेखि बैंगलोर र मुम्बईसम्म हाउसफुलको लहर

इटहरी/ नेपाली बक्स अफिसमा ५१ दिनसम्म ४० भन्दा बढी हलमा एकछत्र राज गर्दै करिब १२ करोडको ग्रास कलेक्सन गरेको फिल्म ‘ऊनको स्वीटर’को न्यानो अब भारतीय सहरहरूमा पनि फैलिन थालेको छ । आर्टमान्डू नेपाल प्रा.लि.ले निर्माण गरेको यो फिल्मले पूर्वोत्तर भारतबाट सुरु गरेको आफ्नो यात्रालाई दक्षिण भारतका प्रमुख सहरहरूसम्म सफलतापूर्वक प्रदर्शन गरेको छ ।

दुई साताअघि सिक्किमको राजधानी गान्तोकमा भएको प्रिमियर शोसँगै फिल्मको भारत यात्रा सुरु भएको थियो । सुरुवाती दुई शो हाउसफुल भएपछि दर्शकको उच्च मागलाई सम्बोधन गर्न शो सङ्ख्या बढाएर ६ पुर्‍याइएको थियो । गान्तोकको यो उत्साहजनक प्रतिक्रियाको आगो नाम्ची, कर्स्याङ, दार्जिलिङ, कालिम्पोङ, कोलकाता र सिलिगुडीसम्म फैलियो, जहाँ अहिले पनि फिल्मले दर्शकको बाक्लो साथ पाइरहेको छ ।

निर्माण टिमका अनुसार फिल्मले असामको गुवाहाटी, वेस्ट बङ्गालको कोलकाता, उत्तराखण्डको देहरादून, नयाँ दिल्ली, बैंगलोर र हैदरावादसम्म आफ्नो प्रभाव जमाइसकेको छ । सबैभन्दा रोचक कुरा त बैंगलोरमा देखिएको छ, जहाँ नेपाली भाषीहरूको जनसङ्ख्या तुलनात्मक रूपमा कम भए पनि प्रमुख चार हलहरूमा फिल्म हाउसफुल चलिरहेको छ । दक्षिण भारतमा प्राप्त यो सफलतालाई नेपाली फिल्म उद्योगकै लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

@parikalanewsofficial

दर्शकको बढ्दो मागसँगै निर्माण पक्षले डिसेम्बर १२ देखि फिल्मलाई भारतका थप सहरहरूमा विस्तार गर्ने घोषणा गरेको छ । यो मितिदेखि बलिउडको मुटु मुम्बईसहित हैदरावाद, हिमाञ्चलका पर्यटकीय सहरहरू (सिमला, धर्मशाला, कुल्लु), अरुणान्चल प्रदेशका तेजू र नामसाई, मेघालयको सिलोङ तथा असामका अन्य प्रमुख सहरहरूमा फिल्म आधिकारिक रूपमा प्रदर्शन हुनेछ ।

भारत प्रदर्शनका क्रममा गायक सुजन चापागाईँसहित भारतमै रहेका निर्देशक नवीन चौहानले यो सफलतालाई अभूतपूर्व भनेका छन् । उनले भने, “गान्तोकबाट सुरु भएको यात्रा दक्षिण भारतसम्म पुग्नु र त्यहाँ हाउसफुल हुनु हामीले कल्पना गरेकोभन्दा ठुलो उपलब्धि हो ।” उनले गैर-नेपाली भाषी दर्शकहरूले समेत फिल्ममा रुचि देखाएको बताउँदै यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली कथाको ढोका खोलेको विश्वास व्यक्त गरे ।

विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेल लगायतको दमदार अभिनय रहेको यस फिल्मलाई भारतमा एसली प्रोडक्सन र एवन राईको समूहले वितरण गरेको हो । आर्टमान्डू नेपालले यस सफलताका लागि सम्पूर्ण दर्शक र साझेदारहरूप्रति आभार व्यक्त गरेको छ ।

अगाडिकाे पाेस्ट

‘झरीपछिको इन्द्रेणी’ ट्रेलर: ‘जेनजी’ आन्दोलनको झल्को अब फिल्ममा देखिँदै

अर्काे पाेस्ट

अष्ट्रेलिया र न्युजिल्याण्डमा ‘अभिमन्यु’को ऐतिहासिक प्रदर्शन, एक सातामै ५०० भन्दा बढी शो

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana