Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘झरीपछिको इन्द्रेणी’ ट्रेलर: ‘जेनजी’ आन्दोलनको झल्को अब फिल्ममा देखिँदै

✍ परिकला न्यूज
मंसिर २३, २०८२ मा प्रकाशित
‘झरीपछिको इन्द्रेणी’ ट्रेलर: ‘जेनजी’ आन्दोलनको झल्को अब फिल्ममा देखिँदै

इटहरी/ पछिल्लो समय काठमाडौंको माइतीघर मण्डलामा देखिएको ‘जेनजी’ को आन्दोलनले जसरी सडक तताएको थियो, अब ठ्याक्कै त्यस्तै कथा फिल्मको पर्दामा पनि देखिने भएको छ । चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले देशको बेथिती र भ्रष्टाचारविरुद्ध युवाहरूको विद्रोहको कथा बोल्ने भएको हो ।

आइतबार काठमाण्डौंमा आयोजित एक विशेष समारोहका बीच फिल्मको २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले वर्तमान नेपाली समाज, विशेषतः युवा पुस्ताको निराशा र आक्रोशलाई नजिकबाट चित्रण गरेको छ । ट्रेलरले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने सपना बोकेको एक युवाको संघर्षलाई मुख्य विषय बनाएको छ । सपना र रहरहरू जब प्रणाली, भ्रष्टाचार र बेथितीको चपेटामा पर्छन्, तब एउटा सामान्य युवा कसरी विद्रोही बन्छ भन्ने कुरा ट्रेलरमा शसक्त ढंगले प्रस्तुत गरिएको छ । हेर्नुस् ट्रेलर ।

माइतीघर मण्डलाबाट सुरु भएको आन्दोलनको दृश्यले दर्शकलाई केही समय अगाडि नेपालमा भएको वास्तविक ‘जेनजी’ आन्दोलनको झल्को दिन्छ । यद्यपि, यो समानता संयोग मात्र भएको निर्देशक घिमिरे बताउँछन् । “हाम्रो फिल्मको छायांकन हालैका आन्दोलनहरू हुनुभन्दा अगाडि नै सकिएको हो । कथावस्तु र वास्तविकता मिल्नु संयोग मात्र हो,” निर्देशक पाँडेले प्रष्ट पारे ।

गणेश उप्रेतीको कमब्याक र नयाँ अनुहारको डेब्यु
नागराज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले लामो अन्तरालपछि अभिनयमा कमब्याक गरेका छन् । फिल्मकै लागि उनी अमेरिकाबाट नेपाल फर्किएका हुन् । फिल्ममा गणेशका साथै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राई जस्ता अनुभवी कलाकारहरूको अभिनय छ ।

@parikalanewsofficial

यसै फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले नेपाली फिल्ममा डेब्यु गर्दैछन् भने बाल कलाकारका रूपमा दिप्सन चिलवाल देखिएका छन् । निर्देशक स्वयं अर्जुन घिमिरे पनि अभिनयमा देखिनेछन् । आगामी पौष ४ गते देखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको यो फिल्मको कथा निर्देशक घिमिरे आफैंले लेखेका हुन् ।

पटकथा र संवादमा भने उनलाई गणेश कार्की र विशाल घिमिरेले सघाएका छन् । बुद्ध थापाले छायांकन गरेको फिल्मको एक विशेष गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाको नृत्य देख्न सकिन्छ । अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेको फिल्ममा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माताका रूपमा छन् भने लाइन प्रोड्युसरको जिम्मेवारी योगेश खतिवडा र विनोद कँडेलले सम्हालेका छन् ।

अगाडिकाे पाेस्ट

मिरमिरे टिजर: केन्द्रमा बाउछोरीको कथा, दया र प्रकाशसँग सृजनाको त्रिकोणात्मक प्रेम

अर्काे पाेस्ट

‘ऊनको स्वीटर’: भारतीय बजार गान्तोकदेखि बैंगलोर र मुम्बईसम्म हाउसफुलको लहर

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana