Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

जेन्जी आन्दोलनको कथा बोल्ने फिल्म ‘बिगुल’को फस्टलुक सार्वजनिक

✍ परिकला न्यूज
मंसिर १७, २०८२ मा प्रकाशित
जेन्जी आन्दोलनको कथा बोल्ने फिल्म ‘बिगुल’को फस्टलुक सार्वजनिक

इटहरी/ पछिल्लो समय देशमा जेनजी पुस्ताले सडकमा ओर्लिएर जुन परिवर्तनको आवाज उठाए, ठीक त्यही विषयवस्तुमा निर्माण भएको फिल्म ‘बिगुल’ प्रदर्शनका लागि तयार भएको छ । आइतबार फिल्मको ३ फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति माघ ९ गते तय गरिएको हो । यो फिल्मको निर्माण र कथा लेखनको संयोग निकै रोचक छ ।

निर्माण पक्षका अनुसार, गत भदौमा जेन्जीले देशव्यापी रूपमा उठाएका सुशासन र परिवर्तनका मुद्दाहरूमा केन्द्रित रहेर यो फिल्मको छायांकन त्यो आन्दोलनभन्दा ४ महिना अगाडि नै गत जेठमा सुरु भइसकेको थियो । कथाकार तथा निर्माता दिनेश कोइरालाले यसलाई अचम्मको संयोग मानेका छन् । उनी भन्छन्, ‘‘हामीले फिल्ममा उठाएको मूल मुद्दा र पछि सडकमा जेन्जी पुस्ताले उठाएका माग ठ्याक्कै मिल्न गएको छ । त्यसैले यो फिल्म हामीले जेन्जी आन्दोलनप्रति समर्पित गरेका छौं ।’’

फिल्मले भ्रष्टाचार र विकृति उन्मुलनका लागि युवा र महिलामा चेतनाको बिगुल फुकेको दाबी निर्माण पक्षको छ ।सार्वजनिक तीन डिजाइनका पोस्टरले फिल्मको गम्भीरतालाई प्रस्ट्याउँछन् । पहिलो पोस्टरमा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा देखिएकी छिन् भने पृष्ठभूमिमा राँको लिएका प्रदर्शनकारीहरूको हुल देखिन्छ । यस्तै दोस्रो पोस्टरमा बेनिशासहित अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित मुद्रामा प्रस्तुत भएका छन् ।

सार्वजनीक तेस्रो पोस्टरमा भने फिल्मका अन्य प्रमुख कलाकारहरूलाई समेटिएको छ । फिल्मका निर्देशक रमेश कोइरालाले ‘बिगुल’ लाई भुइँमान्छेहरूको सपना, संघर्ष र बलिदानीको इतिहासको रूपमा व्याख्या गरेका छन् । उनले भने, ‘‘यसले मनोरञ्जनका साथै सामाजिक न्याय र महिलाले गर्नुपरेको संघर्षको पारिवारिक कथा पनि बोल्छ ।’’

@parikalanewsofficial

म्याग्नोलिया ग्रुपको ब्यानरमा, कल्पना पौडेलको प्रस्तुति रहेको यस फिल्ममा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकारहरूको अभिनय देख्न पाइन्छ । फिल्ममा बेनिशा हमाल र नरेन खड्काका अलवा नीर शाह, सरोज खनाल, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी लगायतको अभिनय रहेको छ ।

प्रदिप भारद्वाज र मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईं संगीत समावेस छ । फिल्ममा समावेश गीतहरू विश्वप्रकाश शर्माले लेखेका हुन् । शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य, एनवी महर्जनको द्वन्द र तारा थापा ‘किम्भे’को सम्पादन यो फिल्ममा रहेको छ । सूर्य कान्त कोइराला र महेश कोइराला सह-निर्माता रहेको यो फिल्मलाई काठमाण्डौमा काफिया फिल्म्स् र काठमाण्डौ बाहिर श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्ने जिम्मा लिएका छन् ।

अगाडिकाे पाेस्ट

मग्न नसामा सागर लम्साल बले, ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुकमा फरक अवतार

अर्काे पाेस्ट

गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana