Wednesday, March 11, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मग्न नसामा सागर लम्साल बले, ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुकमा फरक अवतार

✍ परिकला न्यूज
मंसिर १६, २०८२ मा प्रकाशित
मग्न नसामा सागर लम्साल बले, ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुकमा फरक अवतार

इटहरी/ दर्शकमाझ लोकप्रिय अभिनेता सागर लम्साल ‘बले’ को मुख्य भूमिका रहेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को अफिसियल फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति घोषणा गर्दै सोमबार यो पोस्टर बाहिर ल्याएको हो । आगामी चैत २७ गते देखि देशभर प्रदर्शनमा आउने यस फिल्मले आफ्नो प्रचार प्रसारलाई पोस्टर रिलिजसँगै तीव्रता दिएको छ ।

सार्वजनिक पोस्टरमा अभिनेता सागर लम्साललाई मात्र स्थान दिइएको छ । पोस्टरमा उनी निकै फरक र गम्भीर लुक्समा देखिएका छन् । हातमा चुरोट च्यापेका र आँखामा नसा चढ्दा वा निदाएजस्तो देखिने उनको भावभंगीले पात्रको गहिराइलाई झल्काउँछ । यो लुक्समार्फत निर्देशकले वर्तमान युवा पुस्तामा बढ्दो कुलत र त्यसले निम्त्याउने अवस्थाप्रति सांकेतिक व्यंग्य वा सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ ।

पोस्टरमा अन्य कलाकारलाई भने समेटिएको छैन । राजु गिरीको निर्देशनमा बनेको यस फिल्मको छायांकन मुख्यतया कास्कीको रमणीय गाउँ याङ्जाकोटमा गरिएको छ । करिब ९० प्रतिशत दृश्य त्यहीँ खिचिएका छन् भने बाँकी १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपासमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

@parikalanewsofficial

फिल्मको पटकथा तथा संवाद लक्ष्मण सुवेदीले लेखेका हुन्, जसले यसअघि आधा दर्जनभन्दा बढी फिल्ममा लेखन र निर्देशनको अनुभव बटुलिसकेका छन् । उषा फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा सागर लम्सालका साथमा कलाकारहरूको लामो लस्कर छ । सागर लम्साल (बले) संगै रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, विशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई लगायतको अभिनय रहेको छ ।

फिल्ममा स्वयं निर्देशक राजु गिरीको विशेष उपस्थिति रहेको छ भने बाल कलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरी रहेका छन् । फिल्मको निर्मातामा सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी रहेका छन् । श्याम तामाङले छायाङकन गरेको फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा विनयराज पौडेल छन् । फिल्मको कथा उमेश कुमार बस्नेतले लेखेका हुन् । यसलाई नेसनल सिने ग्रुपले वितरणको जिम्मा लिएको छ ।

अगाडिकाे पाेस्ट

आस्मा विश्वकर्मा र पुष्प खड्काको धमाकेदार ‘ठुम्का’

अर्काे पाेस्ट

जेन्जी आन्दोलनको कथा बोल्ने फिल्म ‘बिगुल’को फस्टलुक सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा
कलिउड न्युज

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

✍ परिकला न्यूज
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

...

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु
कलिउड न्युज

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

✍ परिकला न्यूज
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

...

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

फाल्गुन २५, २०८२ मा प्रकाशित
निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

फाल्गुन २५, २०८२ मा प्रकाशित
चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

फाल्गुन २५, २०८२ मा प्रकाशित
नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

फाल्गुन २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

फाल्गुन २६, २०८२ मा प्रकाशित
३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

फाल्गुन २६, २०८२ मा प्रकाशित
निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

फाल्गुन २५, २०८२ मा प्रकाशित
निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

फाल्गुन २५, २०८२ मा प्रकाशित
चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

फाल्गुन २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana