इटहरी/ केही समय सुस्ताएको जस्तो देखिएको मोडल आस्मा विश्वकर्माको चर्चा यतिबेला पुनः चुलिएको छ । दक्षिण भारतीय सुपरस्टार रामचरणको फिल्म ‘पेड्डी’को ‘चिकिरी चिकिरी’ गीतमा उनले गरेको डान्स स्टेप भाइरल भएसँगै आस्माको क्रेज ह्वात्तै बढेको छ । यही नयाँ क्रेज र चर्चाका बीच आस्माले नेपाली म्युजिक भिडियोमा दमदार उपस्थिति जनाएकी छन् ।
यसपटक आस्माले चकलेटी नायक पुष्प खड्कासँग स्क्रिन शेयर गरेकी छन् । दर्शकलाई नचाउने उद्देश्यका साथ सार्वजनिक भएको नयाँ गीत ‘मेरो ठुम्का देखेर’ मा आस्मा र पुष्पको जोडीले कम्मर मर्काएको देख्न सकिन्छ । सार्वजनीक गीतमा आशिक राई र समीक्षा अधिकारीको स्वर रहेको छ भने माया मोक्तान र कृष्ण श्रेष्ठको शब्द तथा आशिक राईको संगीत समावेस छ । भिडियोको निर्देशन स्वयं गायक तथा संगीतकार आशिक राईले नै गरेका हुन् । हेर्नुस् भिडियो ।
डान्सिङ बिटमा तयार पारिएको यस भिडियोमा रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् भने नरेश ऐरले यसलाई क्यामरामा कैद गरेका हुन् । नरेन्द्र वियोगीको एरेन्जमेन्ट रहेको गीतको भिडियो सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन् । भिडियोमा आस्मा र पुष्पको अलावा कृष्ण श्रेष्ठ, माया मोक्तान र पूर्ण तामाङलाई पनि देख्न सकिन्छ । भाइरल भइरहेको समयमा सार्वजनिक भएको यो भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।
@parikalanewsofficial















Discussion about this post